साउन १७ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘रातो गलबन्दी’को शीर्ष गीत सार्वजनिक गरिएको छ ।
यो गीतमा राजेशपायल राई र श्रेया राइको स्वर, विनोद खुम्बुको संगीत, लोकराज अधिकारीको शब्द छ ।
फिल्म ‘ए मेरो हजुर ३’ को दोस्रो गीत ‘परान परान’ रिलिज गरेको छ । गीतमा अन्जु पन्त र आशिष अविरलले स्वर दिएका छन् । आनन्द अधिकारीको शब्द रहेको यो गीतमा संगीत पनि आशिषले नै भरेका हुन् ।
तिक्षित चलचित्र ‘ए मेरो हजुर ३’को पहिलो गीत ‘जिन्दगी नै भन्दिन’ शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा युवा स्टार अनमोल केसी र डेब्यु नायिका सुहाना थापा फिचरिङ छन् । भिडियोमा अनमोल र सुहानाको केमेष्ट्री गज्जबको देखिएको छ ।