काठमाडौँ, चैत १
चलचित्र ‘ए मेरो हजुर ३’को पहिलो गीत ‘जिन्दगी नै भन्दिन’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा युवा स्टार अनमोल केसी र डेब्यु नायिका सुहाना थापा फिचरिङ छन् । भिडियोमा अनमोल र सुहानाको केमेष्ट्री गज्जबको देखिएको छ ।
एकनारायण भण्डारीको शब्द तथा आशिष अविरलको संगीत रहेको गीतमा सुगम पोखरेल र प्रविशा अधिकारीले स्वर दिएका छिन् । यस चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । ‘सुहाना इन्टरटेन्टमेन्ट’को व्यानरमा निर्माण भएको चलचित्रमा सुनीलकुमार थापाको लगानी रहेको छ । सञ्जय लामाले खिचेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका छन् ।
झरना थापा र सुमन पौडेलको कथा रहेको चलचित्रको पटकथा छेतेन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतीक पौडेलले तयार गरेका हुन्। चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, रवीन्द्र झा, रुपा घिसिङ, रेअर राईलगायतको मुख्य भूमिका रहेको छ ।
Jindagi Nai Bhandina | A Mero Hajur 3 | New Nepali Movie Song 2019 | Anmol KC, Suhana Thapa
प्रतिकृया