काठमाडौँ, चैत २३
चैत्र २९ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर ३’ को तेस्रो गीत ‘चिट डे’ सार्वजनिक भएको छ ।
प्रतिक पौडेलको शब्द तथा संगीत रहेको उक्त गीतमा उदय राज पौडेलले संगीत संयोजन गरेका छन् । सामाजिक सञ्जालमा गीतलाई युवाहरुले रुचाएका छन् । सार्वजनिक गीतको भिडियोमा सुहानालाई फिचर्ड गरिएको छ जहाँ उनलाई प्रेमीको मायाको कल्पनामा डुबेकी देख्न सकिन्छ । यसै चलचित्रबाट सुहानाले नेपाली रजतपटमा डेब्यु गरेकी छिन् । चलचित्रमा सुहानाको अपोजिटमा अनमोल के.सी. रहेका छन् । झरना थापाले निर्देशन गरेको यस चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।
CHEAT DAY - A MERO HAJUR 3 | New Nepali Movie Song | Anmol KC, Suhana Thapa
प्रतिकृया