साउन १७ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘रातो गलबन्दी’को शीर्ष गीत सार्वजनिक गरिएको छ ।
यो गीतमा राजेशपायल राई र श्रेया राइको स्वर, विनोद खुम्बुको संगीत, लोकराज अधिकारीको शब्द छ ।
चलचित्रमा नायिका केकी अधिकारी, कोसिस क्षेत्री र वुद्दि तामाङको मुख्य भूमिका छ । सार्वजनिक गीतको भिडियोलाई गोबिन्द राइले कोरियोग्राफी गरेका हुन् । यो चलचित्रलाई नव–निर्देशक अनिश थापाले निर्देशन गरेका हुन् । मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा किरण माइकलको लेखन, हिमाल कडरियाको कथा, सुमन तामाङको छायांकन, अष्ट महर्जनको एक्सन छ । निर्देशक थापाले चलचित्रलाई मनोरञ्जन र सन्देशमा केन्द्रित रहेर तयार पारिएको बताए ।
चलचित्रको छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिएको छ ।
Rato Galbandi | New Nepali Movie Song |2076| Ft.Koshish Chhetri Keki Adhikari |
प्रतिकृया