बिष्णु माझीको आवाजमा भूपराज भट्टराईको नयाँ लोक दोहोरि गीत “बैरी आँखा” सार्वजनिक

बिष्णु माझीको आवाजमा भूपराज भट्टराईको नयाँ लोक दोहोरि गीत “बैरी आँखा” सार्वजनिक  
बिष्णु माझीको आवाजमा भूपराज भट्टराईको नयाँ लोक दोहोरि गीत “बैरी आँखा” सार्वजनिक

सौल, भदौ २५
गायक भुपराज भट्टराईको नयाँ लोक दोहोरि गीत “बैरी आँखा” सार्वजनिक भएको छ । पछिल्लो समयमा गायकको रुपमा आफुलाई परिचय दिदै आईरहेका गायक भट्टराईको नयाँ लोक दोहोरि गीत "बैरी आँखा" आफ्नै यु ट्युव च्यानाल बाट सार्वजनिक भएको हो।

कलाकार रेसम राज अर्याल र दिपा पौडेल को मन छुने अभिनयमा निर्माण गरिएको गितमा चर्चित गायिका बिष्णु माझी, चर्चित गायक बिरही कार्की र भूपराज भट्टराईको मिठो आवाज सुन्न सकिन्छ।

"बैरी आँखा" लय / संगीत बिरही कार्की , शब्द कल्पना लम्साल, एरेन्जर आशीष अविरल को रहेको छ भने क्यामेरा मेन मा गणेश सापकोटा को छायाङ्कन, सम्पादन सुवास अमगाईं को रहेको छ भने उक्त भिडियोलाई गायक भुपराज भट्टराई आफै ले निर्देशन गरेका हुन्। आफुले गरेको अन्य गितको तुलनामा यो गित निकै उत्कृष्ट बनेको भन्दै निर्देशक भुपराज भट्टराई ले सन्तुस्ट ब्यक्त गरेका छन।

भिडियोको हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

React on this Post

ट्रेन्डिङ