यसपालिको तिजमा आमाले नदुखाउनु मन

यसपालिको तिजमा आमाले नदुखाउनु मन  
यसपालिको तिजमा आमाले नदुखाउनु मन

गलकोट,१६ साउन

महिलाहरुको महान चार्ड हरितालिका तिज नजिकिदै गर्दा लोकप्रिय गितकार एवंम संगितकार श्रीकृष्ण बम मल्मले पारिवारकीक कथामा आधारीत नयाँ तिज गित आमाले नदुखाउनु मन बोलको भिडियो आफ्नै अफिसियल युटुभ च्यानलबाट सार्वजनिक गर्नुभएको छ ।

नेपाली समुदायमा कोरोनाले पारेको प्रभाव र विदेश रहेकाहरु संक्रमित भएर मृत्यु भएका कारण तिजमा माइत जान नपाएकि चेलीको कथा समावेश गरिएको छ । आफ्ना श्रमिानलाइ गुमाएकी चेलीले आमालाई तिजमा आउन पाइन भनेर पोखेको पिडालाइ दृश्यमा उतारिएको छ । चर्चित गायिका अन्जु पन्तको आवाजमा रहेको गितको शब्द संगित श्रीकृष्ण बम मल्मको रहेको, भने गितको एरेन्ज कमल सौरागले गरेका छन् । एकोस्टीक नेपाल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरएको गितको भिडियो विनोद खड्काले छायाङ्गन गरेका छन र सम्पादन बिकास ज्ञवालीले गरेका छन् । भिडियोलाइ श्रीकृष्ण बम मल्मले निर्देशन गरेका हुन् । भिडियोमा पछिल्लो समयकी लोकप्रिय मोडेल करिश्मा दकाल र मनोज कार्की लगायतका कलाकारहरुको अभिनय गरेका छन् ।

पूरा भिडियो हेर्नका लागि https://youtu.be/E06l0yUyO4w

React on this Post

ट्रेन्डिङ