सेनेगललाई हराउदै अल्जेरिया बन्यो अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन

सेनेगललाई हराउदै  अल्जेरिया बन्यो अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन  
सेनेगललाई हराउदै  अल्जेरिया बन्यो अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन

अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन बनेको छ । इजिप्टमा शुक्रबार राति भएको फाइनल खेलमा अल्जेरियाले सेनेगललाई १–० गोलले हरायो । अल्जेरियाले दोस्रो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको हो । यसअघि अल्जेरियाले सन् १९९० मा पहिलो पटक उपाधि उचालेको थियो ।

खेलको दोस्रो मिनेटमा अल्जेरियाले गरेको गोल नै निर्णायक बन्यो ‌। बागदाद बोउनेदजाको प्रहार सेनेगेलका सालिफ सानेलाई ठोकिँदै गोल भएको थियो । खेलको सुरुवातमै अग्रता लिएपछि रक्षात्मक देखिएको अल्जेरिया अन्तिमसम्म सेनेगललाई रोक्न सफल भयो ।

दोस्रो हाफमा आक्रामक देखिएको सेनेगलले केही राम्रा अवसर गुमाएको थियो । दोस्रो हाफमा रेफ्रीले सेनेगललाई पेनाल्टी दिएरपनि  भिएआरको सहायतामा तत्काल निर्णय बदर गरेका थिए । त्यसपछि अन्तिम मिनेटसम्म गोल फर्काउन प्रयासरत सेनेसफल गोलरहित निराश बन्यो ।

सेमिफाइनलमा अल्जेरियाले नाइजेरियालाई २–१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । सेनेगलले ट्युनिसियालाई अतिरिक्त समयमा आत्मघाती गोल सहयोगमा १–० गोलले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

React on this Post

ट्रेन्डिङ