१ लाख ११ हजार राशीको भलिवल प्रतियोगिता हुने

१ लाख ११ हजार राशीको भलिवल प्रतियोगिता हुने  
१ लाख ११ हजार राशीको भलिवल प्रतियोगिता हुने

सिन्धुपाल्चोक, भदौ ९

चौतारा साँगाचोकगढी नगरपालिका– ४ देउरालीमा जिल्लास्तरीय कालिकादेवी संस्थापक स्मृतिकप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

जिल्लाकै ठूलो राशी मानिएको प्रतियोगिता कालिकादेवी माध्यमिक विद्यालयले असोज १२ गतेबाट सञ्चालन गर्न लागेको हो । प्रतियोगितामा प्रथम हुने टीमले १ लाख ११ हजार १ सय ११ रुपैंया नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुने टीमले ५५ हजार ५ सय ५५ र तेस्रो हुने टीमले २२ हजार २ सय २२ रुपैंया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

जिल्लाका १२ वटै पालिकाका खेलाडी र टीमलाई प्रतियोगितामा सहिभागि हुन पत्राचार गरिसकिएकोले १२ भन्दा बढी टीम प्रतियोगितामा सहभागि हुने आयोजक विद्यालयका व्यवस्थापन समितिको अध्यक्ष रघुसिं तामाङले जिएनएनलाई बताए । ‘जिल्लाका खेलाडीहरुलाई राष्ट्रिय एवम् अन्र्तराष्ट्रिय स्तरमा पु¥याउन पहल गर्ने उद्देश्य अनुरुप यो प्रतियोगिताको आयोजना गरिएको हो’, अध्यक्ष तामाङले भने– ‘यसले खेलाडीहरुलाई केहि प्रोत्साहन हुने हाम्रो विश्वास छ ।’

यस अघि विद्यालयले नगरस्तरीय महिला भलिबल प्रतियोगिता, पुरुष भलिबल प्रतियोगिता सञ्चालन गरिसकेको छ । आगामी वर्ष प्रदेशस्तरीय भलिबल प्रतियोगिता गर्ने लक्ष्य रहेको अध्यक्ष तामाङले जानकारी दिए ।

प्रतियोगितामा सहभागि हुन इच्छुक टीमले असोज ५ गतेसम्म दर्ता गराईसक्नुपर्ने आयोजकले जनाएको छ । ५ हजार रुपैंया तिरि टीम दर्ता गर्न सकिने खेल संयोजक राजेश सापकोटाले जानकारी दिए । प्रतियोगितामा जुनसुकै तहका खेलाडी समावेश हुन पाउने भएपनि सिन्धुपाल्चोकै हुनुपर्ने जनाईएको छ ।

React on this Post

ट्रेन्डिङ