नेपाल राहिनो क्रिकेट क्लबले सेप्टेम्बर १२ र १३ तारिक "Cross remittance क्रिकेट" प्रतियोगिताको आयोजना गर्ने

नेपाल राहिनो   क्रिकेट क्लबले सेप्टेम्बर १२ र १३ तारिक "Cross remittance क्रिकेट" प्रतियोगिताको आयोजना गर्ने  
नेपाल राहिनो   क्रिकेट क्लबले सेप्टेम्बर १२ र १३ तारिक "Cross remittance क्रिकेट" प्रतियोगिताको आयोजना गर्ने

सौल,भदौ २४

 छुसक को अवसरमा सेप्टेम्बर १२ र १३ तारिक नेपालीहरु बीच अन्तर नेपाली क्रिकेट प्रतियोगिता हुने भएको छ । आन्सान शहर मा हुने उक्त प्रतियोगिता टीमसहभागी संख्या अधिक भएकोले सो प्रतियोगिता ईन्छन स्थित KOREA CRICKET ASSOCIATION को क्रिकेट स्टेडीयम हुने भएको छ । आयोजक नेपाल राहिनो क्रीकेट क्लब र मुख्य प्रायोजक Cross remittance रहेको र टेनिस बलले खेलाईने उक्त प्रतियोगिता दक्षिण कोरियामा औपचारिक रुपमा नेपालीहरु बीच हुने पहिलो क्रीकेट प्रतियोगिता हुनेछ। खेलहरु नॉकाउट को आधार मा खेलाइने तथा टप २ टिमले फाइनल खेल खेल्नेछन् भने खेलहरु समयानुकूल १० देखि १५ ओभर को खेलाइने छ । साथै प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई ट्रफीले सम्मान गरिनेछ। प्रतियोगितामा भाग लिनको लागि दर्ता शुल्क २ लाख वोन लिइएको थियो । बिजेता र उपबिजेताले क्रमश ८ लाख वोन र ५ लाख वोन का साथै मैन अफ द फ़ाइनल लाईपनी आकर्षक ट्रफी र मेडल पाउनेछन् ।

आयोजक नेपाल राहिनो सहित अन्नपूर्ण क्लब आन्सान, क्रेज़ी 11 , गोर्खाली वारियेर ,थेसो हंटर, गौतमबुद्ध ,यूनाइटेड नेपाल, देउ क्रिकेट क्लब ,हुरी गोरखे बोईज र किंग्स XI नेपाल गरि १० टिम रहेको जानकारी राहिनो का प्रबक्ता सुबास लामाले बताउनु भयो। साथै प्रतियोगिता को हरेक खेलहरु घरमै बसेर मोबाईल बाट लाइभ स्कोर तथा सम्पुर्ण खेलहरुको खेल परिणाम र अंक तालिका को जानकारी लिन सकिने समेत बताउनु भयो।

नेपाल राहिनो को कप्तान राज श्रेष्ठले आफुहरु बिगत ५ बर्ष देखि लगातार कोरियाली राष्ट्रिय लिगमा सहभागी रहदै आएको तथा नेपाल राहिनो टिम कोरियाली भुमि मा नेपाल को सान बनेर खडा भएको साथै पहिले भन्दा अहिले धेरै नेपालि क्रीकेट टिम रहेको र आपसी भाईचारा विकास गर्न र समग्र नेपाली क्रीकेट विकासमा अझ टेवा पुराउन यस्तो खालको प्रतियोगिता आयोजना गरिएको बताउनु भयो। स्मरण रहोस नेपाल रहिनो क्रीकेट क्लबले कोरियाली राष्ट्रिय पुरुष तथा महिला क्रीकेट टिम सङ्ग समय समयमा खेलहरु खेल्दै आएका छन।

खेलकुद जगतले समाजमा अनुशासन , गतिशीलता , सद्भाव र एक- आपसमा बन्धुत्वलाई स्थापित गराउन महत्वपूर्ण भुमिका खेल्ने हुदा राहिनो क्रिकेट क्लबको यो आयोजना कोरियाली भुमिमा क्रिकेट क्षेत्रमा कोशेढुङ्गा सावित हुने भन्दै सल्लाहकार कुमार थापा आफू विश्वस्त रहेको समेत ग्लोबल न्युज नेपाललाइ उल्लेख गर्नुभएको छ।

खेलकुद जगतले समाजमा अनुशासन , गतिशीलता , सद्भाव र एक- आपसमा बन्धुत्वलाई स्थापित गराउन महत्वपूर्ण भुमिका खेल्ने हुदा राहिनो क्रिकेट क्लबको यो आयोजना कोरियाली भुमिमा क्रिकेट क्षेत्रमा कोशेढुङ्गा सावित हुने भन्दै सल्लाहकार कुमार थापा आफू विश्वस्त रहेको समेत ग्लोबल न्युज नेपाललाइ उल्लेख गर्नुभएको छ।साथै सो प्रतियोगितामा सम्पूर्ण क्रिकेट प्रेमी र शुभचिन्तक महानुभावहरू लाई उपस्थित भाइदिन आयोज ले अनुरोध गरेको छ।

खेल हुने स्थान

React on this Post

ट्रेन्डिङ