सफिया सर्वोत्कृष्ट, सलिना वर्ष खेल

सफिया सर्वोत्कृष्ट, सलिना वर्ष खेल  
सफिया सर्वोत्कृष्ट, सलिना वर्ष खेल

माघ २९,

ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा चार अलग क्लबका खेलाडीले स्कुटर प्राप्त गरेका छन् राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान समेत रहेकी ढोरपाटन लिग च्याम्पियन नेपाल एपिएफकी कप्तान विनिता बुढाथोकी ग्रेट अचिभमेन्ट अवार्ड प्राप्त गरिन्

राष्ट्रिय टोलीका तीन सदस्य त्रिभुवन आर्मी क्लबकी सफिया पुन सर्वोत्कृष्ट खेलाडी, होंगान्जी न्यू डायमण्ड एकेडेमीकी सलिना श्रेष्ठ वर्ष खेलाडी र नेपाल पुलिस क्लबकी उषा भण्डारी उदियमान खेलाडी घोषित भइन् । यसै साता उषा एनभिए अवार्डमा पनि उदयमान खेलाडी घोषित भएकी थिइन् । ढोरपाटन लिगमा एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, न्यू डायमण्डकी अरुण शाही उत्कृष्ट सेटर, आर्मीकी सुनिता खड्का उत्कृष्ट ब्लकर, पुलिसकी मनिष चौधरी उत्कृष्ट सर्भर, सोही क्लबकी शान्तिकला तामाङ उत्कृष्ट डिफेन्स घोषित भइन् ।

च्याम्पियन एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्टले समान ७ हजार रुपैयाँ प्राप्त गरे । नेपाल एपिएफ क्लबले ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । फाइनल सरह रहेको खेलमा बुधबार अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० ले हराउँदै एपिएफ पुनः च्याम्पियन बनेको हो । नयाँ बासपार्कस्थित ढोरपाटन भलिबल कोर्टमा भएको खेलमा एपिएफ २५–२१,२५–२१,२५–१९ ले हराउँदै विजयी भएको थियो ।

१४ औं तथा अन्तिम चरणको खेलपछि एपिएफको ४१ र दोस्रो भएको पुलिसको ३७ अंक छ । त्यसअघि तेस्रो भइसकेको त्रिभुवन आर्मी क्लबले होंगान्जी न्यू डायमण्ड क्लबललाई ३–० को सोझो सेटले हराएको थियो । आर्मी २५–२१,२५–१४ र २५–१४ ले विजयी भएको थियो । ढोरपाटन लिगको तेस्रो स्थानको आर्मीले १४ खेलमा ३० अंक जोड्यो । २२ अंकका साथ न्यू डायमण्ड चौथो स्थानमा रह्यो । एपिएफले ४ लाख ५ हजार र पुलिसले २ लाख ५ हजार,आर्मीले १ लाख ५ हजार र न्यू डायमण्डले ७५ हजार रुपैयाँ प्राप्त गरेको छ । टिकट काटेर भलिबल हेर्ने लक्की दर्शकका चितवनका अनिल बुढाथोकीले मोटरसाइकल प्राप्त गरेका छन् ।

 

 

React on this Post

ट्रेन्डिङ