२०७६ बैशाख २२
कैलालीको जानकी गाउँपालिकाको गौलौरीमा शनिबार आयोजित निःशुल्क पाठेघर जाँच शिविरमा ३४२ ले सेवा लिएका छन् । सेवा लिएकामध्ये तीनको पाठेघरको शल्यक्रिया गर्नुपर्ने, पाँचको पाठेघरमा रिङ राख्नुपर्ने, पाँचको बाझोपन, २३ अविवाहित महिलामा महीनावारीको गढबढी देखिएकाले थप उपचारका लागि नेपालगञ्ज सिफारिश गरिएको छ ।