कोरियन भाषा परिक्षा आवेदन खुल्यो, फागुन १७ गते देखि १९ सम्म परिक्षा आवेदन फारम भर्न सकिने

कोरियन भाषा परिक्षा आवेदन खुल्यो, फागुन १७ गते देखि १९ सम्म परिक्षा आवेदन फारम भर्न सकिने  
कोरियन भाषा परिक्षा आवेदन खुल्यो, फागुन १७ गते देखि १९ सम्म परिक्षा आवेदन फारम भर्न सकिने

सौल,फागुन ८

दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई पुनः कोरिया जान लिईने कम्युटरमा आधारित (सिबिटी) परिक्षाको सुचना प्रकाशित भएको छ । फागुन १७ गते देखि १९ गतेसम्म परिक्षा आवेदन फारम भर्न सकिने जनाईएको छ । परिक्षा तालिका घोषणा चैत्र ११ गते सार्वजनिक गर्ने र परिक्षा बैशाख ४ गते देखि हुने तथा परिक्षाफल जेठ २४ मा सार्वजनिक गरिने वैदेशिक रोजगार विभाग कोरिया शाखा ग्वार्कोले जानकारी दिएको छ।
सन् २०१६ सम्म वर्षको ४ पटक सञ्चालन भएको सिविटी २०१७ मा बन्द भएको थियो भने अघिल्लो वर्षदेखि वर्षको २ पटक सञ्चालन हुदै आएको छ ।

परिक्षा प्रत्येक दिन ३०/३० जनाको ४ वटा सिफ्ट गरेर १ सय २० जनाको परीक्षा सञ्चालन विहान ९ बजे देखी हुनेछ । कोरियाबाट तीन बर्ष काम गरि फर्केका ३९ बर्ष नकटेका ब्यक्तीहरु मात्र सिबिटीमा सामेल हुन पाउदछन । परिक्षामा सामेल हुन इपिएस कोरियाले कोरियाबाट नाम इपिएस ग्वार्कोमा पठाएको हुनुपर्ने हुन्छ । इपिएस कोरियाले सिबिटी परिक्षाका लागी योग्य दश हजार ९ सय ४२ जनाको नामावली पठाएको छ । आफ्नो नाम आएको नआएको यो साइटमा गएर हेर्न सक्नुहुन्छ । http://epsnepal.gov.np/wp-content/uploads/2019/02/Nepallist_upload.pdf 

 मानब संशाधन बिकास (एचआरडी) कोरियाले सञ्चालन गर्ने कम्युटरमा आधारित परिक्षा (सिविटी)मा उत्पादनमुलक, कृषि तथा पशुपालन, सेवामुलक क्षेत्रमा काम गर्नका लागि फारम भर्न पाइन्छ । कोरियामा गैर कानुनी नबसेको, फौजदारी अभियोगमा जेल नपरेको, नेपालबाट विदेश जान रोक नलगाइएका र कोरियाबाट फर्किँदा एलाइन्स रेजिष्ट्रेसन कार्ड कोरियाको अध्यागमनमा बुझाएको ब्यक्तिहरु सिबिटीका लागि योग्य हुन्छन् ।

सिबिटी परीक्षामा उतिर्ण कामदारलाई कोरिया जानका लागि प्राथमिकता हुने ईपिएस कार्यालयले बताउदै आएको छ । कोरियामा ३ बर्ष भन्दा बढी बसेर वैधानिक रुपमा फर्केका कामदारका लागि लिइने परीक्षा भएकोले कोरियामा अबैधानिक कामदार घटाउन प्रभावकारी हुने भन्दै कम्प्युटरमा आधारित विशेष परिक्षा (सिबिटी) लिने गरिएको छ ।

 

React on this Post

ट्रेन्डिङ