कोरियामाअबैधानिक कामदारहरु माथि धरपकड, सामाजिक संघ सस्थाको गतिबिधीमा समेत प्रभाब

कोरियामाअबैधानिक कामदारहरु माथि धरपकड, सामाजिक संघ सस्थाको गतिबिधीमा समेत प्रभाब  
कोरियामाअबैधानिक कामदारहरु माथि धरपकड, सामाजिक संघ सस्थाको गतिबिधीमा समेत प्रभाब

सौल, फागुन १९

कोरियन सरकारले बिदेसी अबैधानिक कामदारहरुलाई यो बर्ष को स्वदेश फिर्ती अबसर दिएको अन्तिम समयमा आएर ब्यापक धर पकड शुरु गरिरहेको छ ।

बिदेशीहरुको जमघट हुने ठाउँहरु ट्रेन स्टेशन बस ट्रमिनलहरुमा अध्यागमनको निगरानी बढाईरहेको देखिन्छ । नेपाली समुदायमा पनि यसको प्रभाब परिरहेको छ । गत हप्ता याङ्जु स्थित एक कम्पनीमा छापामारी अबैधानिक रुपमा कार्यरत बिदेशी कामदारहरु एक जना नेपाली र थाइल्यान्डीहरू सहित चार जना पक्राउ गरेको थियो ।

पछील्लो समय कोरियामा नेपाली समुदायका सामाजिक संघ सस्थाहरुले गर्ने गतिबिधीमा समेत प्रभाब देखिन थालेको छ । विभिन्न सामाजिक सस्थाको पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गरिरहेको सुचना आइरहेका छन । नेपालीहरुको ब्यबसाय बढी रहेको दोङ्देमुन सुवन क्षेत्रमा नेपालीहरुको चहल पहल समेत कम देखिन थालेको छ ।

React on this Post

ट्रेन्डिङ