नेपाल मगर संघ गणतन्त्र कोरियाको नवौ अधिबेशन भब्य रुपमा सम्पन्न, अध्यक्षमा सी पी मगर

नेपाल मगर संघ गणतन्त्र कोरियाको नवौ अधिबेशन भब्य रुपमा सम्पन्न, अध्यक्षमा सी पी मगर  
नेपाल मगर संघ गणतन्त्र कोरियाको नवौ अधिबेशन भब्य रुपमा सम्पन्न, अध्यक्षमा सी पी मगर


सौल, चैत २४

नेपाल मगर संघ गणतन्त्र कोरियाको नवौ अधिबेशन नेपाल मगर संघ ३७ औँ स्थापना दिवस सहित आज अप्रिल ६ तारिखको दिन राजाधानी सौल दोङ्देमुनमा भब्य सम्पन्न भएको छ ।

नेपालबाट बिभिन्न उद्धेश्यले कोरिया आइ विभिन्न पेशा तथा सेवामा आबद्ध सम्पुर्ण मगर दाजु भाइ तथा दिदीबहिनीहरुको गरिमामय उपस्थितिको लागि अध्यक्ष खड्ग थापा मगरले धन्यबाद ज्ञापन दिनु भएको थियो । उक्त्त नवौ अधिबेशन उद्घाटन समरोहमा जनजाति महासंघ दक्षिण काेरियाका अध्यक्ष मल्लिका थकालि ज्यु को प्रमुख अथिति रहनु भएको थियो भने, उक्त अधिबेशन समरोहमा कोरियामा रहनु हुने सल्लाहकार /अग्रजहरु अप्त पुन ,नविन काला मगर, हाेबिर थापा मगर, अाेम जुग्जालि मगर, ललित थापा मगर, यम श्रीस, मनु राेका मगर , नगेन्द्र थापा मगर , खगेन्द्र बुढा मगर, जीतन श्रीस मगर लगायत विभिन्न संघ संस्थाका प्रतिनिथिहरु, बुध्दिजीबी, ब्यापारी, बिधार्थी, पत्रकार एवं मिडियाकर्मीहरु र कोरियामा रहेका मगरहरु तथा गैर मगरहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

अधिबेशन समरोहमा प्रवासी भुमी कोरियामा सन २००३ मा स्थापित नेपाल मगर संघ कोरियाले विभिन्न संघ संस्थासंग हातेमालो गर्दै सामाजिक सेवाका कार्यहरु गर्दै आइरहेको र नवौ अधिवेशनले नयाँ कार्य समिति चयन, बर्तमान कार्यसमितिका प्रगति प्रतिबेदन, आर्थिक प्रतिबेदन माथी छलफल र अनुमाेदन तथा भाबी याेजना माथी बृहत छलफल समेत गरिएको थियो ।
अधिबेसनको बन्द शत्र चरणबाट नविन काला मगरको संयोजक रहेकाे ५ सदस्यीय अध्यक्ष मण्डलले सर्वसम्मत रुपमा सि. पि मगर को अध्यक्षतामा २१ सदस्सीय कार्य समितिको चयन गरिएको छ ।

नव निर्वाचित कार्य समितीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।।।


अध्यक्ष - सि.पि मगर
बरिष्ठ उपाध्याक्ष - टेक पुन मगर
उपाध्याक्ष - दिल पुन मगर (खाम भाषा)
उपाध्याक्ष - तुल चाेचाङ्गि मगर
उपाध्याक्ष - उमेश थापा मगर
उपाध्याक्ष - राजकुमार अाले मगर (शाखा क्षेत्र)
महासचिव - केशर राना मगर
सचिब - बाशु थापा मगर
कोषाध्यक्ष - लाेक पुन मगर
सह कोषाध्यक्ष - तारा पुन मगर
सदस्य - दयाराम राना मगर
सदस्य - हाेम थापामगर
सदस्य - तुल बहादुर घर्ती मगर
सदस्य - छबिलाल राना मगर
सदस्य - शितल राना मगर
सदस्य - दिल बहादुर बलामि मगर
सदस्य - यमुना राना मगर
सदस्य - सुनिल थापा मगर
सदस्य - टंक राना मगर
सदस्य - गंगा सेरपुजा मगर 
सदस्य - साेम बुढा मगर

हाम्राे यस ग्लाेबल न्युज नेपालकाे तर्फबाट सम्पुर्ण नव निर्वाचित पदाधिकारीहरुमा सफल कार्यकालकाे शुभकामना ।

React on this Post

ट्रेन्डिङ