सौल, बैशाख ०१
लोक दोहोरी गायक खिम छन्त्यालले प्रवाशी भूमि दक्षिण कोरियामा रहेर पनि गीत संगितलाई निरन्तरता दिने क्रममा फेरी अर्को नयॉ लोक दोहोरी गित “मनै उडायो” बजारमा ल्याएका छन्। जुन गीतमा शब्द/संगित र स्वर खिम छन्त्यालकै रहेको छ भने, अहिलेकी चर्चित गायिका प्रिती आलेले स्वरमा साथ दिएकी छिन्। गीतलाई मार्मिक रेकर्डिंग स्तुडियो काठमाडौमा र बबलगम रेकर्डिंग स्तुडियो कोरियामा रेकर्ड गरिएको हो ।
डोलराज बाह्रघरे मगरको एरेन्ज, मान बहादुर बरालको मिक्सिंग, करन चैसिरको छायांकन तथा मनोज कार्कीको सम्पादन रहेको यस गीतलाई भने अहिलेका चर्चित निर्देशक मौसम हिमालीले निर्देशन गर्नु भएको छ । भिडियोमा चर्चित गायक तथा मोडल प्रकाश सपुत र चर्चित मोडल तथा डान्सर करिष्मा ढकालका साथै मनिषा र अनमेशको अभिनय हेर्न सकिन्छ।
गीतको पुरै भिडियो हेर्नुस्
प्रतिकृया