दक्षिण कोरियामा छिगेछा (Forclift) दुर्घट्नामा परी एक नेपालीको मृत्यु

दक्षिण कोरियामा छिगेछा (Forclift) दुर्घट्नामा परी एक नेपालीको मृत्यु  
दक्षिण कोरियामा छिगेछा (Forclift) दुर्घट्नामा परी एक नेपालीको मृत्यु

रोजगारीको सिलसिलामा इपीएस मार्फत दक्षिण कोरिया आएका तनहुँका नर बहादुर रानाको औद्योगिक दुर्घट्नामा मृत्यु भएको छ ।

दक्षिण कोरिया छुङछ्ङ्बोक्दो प्रान्तको छुङजुसी स्थित फलाम कम्पनीमा छिगेछाले च्यापिएर घटना स्थल मै ज्यान गएको हो।

जनवरी १२ तारिक विहान १० बजे तिर कम्पनीमा काम गर्ने क्रममा छिगेछाको हाईड्रोलिक पाइपबाट तेल लिक भएर पाइप फेर्दा छिगेछाको बागजी माथीबाट झरेर थिचिएरको अवस्थामा घटना भएको केहि समय पछी मात्र संगै काम गर्ने साथीहरूले भेटाएको बताएका छ्न । ४ बर्ष ४ महिना अगाडि कोरिया आएका उनी उक्त कम्पनीमा बिगत दुई बर्ष देखि काम गर्दै आएका थिए । घर फर्कने अवधी ६ महिना मात्र रहेकोे थियोे । २५ वर्षका अविवाहित छ जना दाजुभाइ मध्येमा परिवारका कान्छा छोरा हुन ।

React on this Post

ट्रेन्डिङ