जनवरी २४ तारिक नवलपुर समाज, दक्षिण काेरियाले बार्षिक साधारणसभा आयोजना गर्ने

जनवरी २४ तारिक नवलपुर समाज, दक्षिण काेरियाले बार्षिक साधारणसभा आयोजना गर्ने  
जनवरी २४ तारिक नवलपुर समाज, दक्षिण काेरियाले बार्षिक साधारणसभा आयोजना गर्ने

सौल, माघ ७
कोरियामा नवलपुर समाज, दक्षिण काेरियाले सलनालमा जनवरी २४ तारिख शुक्रवार बेलुका ४ बजे देखि ज्योति रेस्टुरेन्ट सभाहलमा बार्षिक साधारण सभा तथा लोक दोहोरी कार्यक्रम आयोजना गर्ने भएकाे छ। सन २०१९ मा काेरियामा स्थापना भएको नवलपुर समाजले करिब १ बर्ष पार गरेकाे हो।

नवलपुर संस्थाले बिगत लामो समयदेखी नेपाली समुदायमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ । नवलपुर समाज काेरियाले नेपालमा प्राकृतिक प्रोकोपबाट प्रभाभित दाजुभाइ तथा दिदी बहिनीलाई सयोग गर्ने नवलपुर जिल्ला बासीहरू र स्वंयम काेरियामा बसेका नेपाली नागरिकहरुलाई आवश्यक परेको बेलामा सयोग गर्ने उदेश्यका लागि स्थापना भएको संस्था हो । संस्थाले कोरियामा रहेका विभिन्न संस्थाहरु संग हातेमालो गर्दै सामाजिक कार्यमा समेत सहभागी हुँदै पनि आएको छ ।

साधरण सभामा, विभिन्न सामाजिक अभियान संग़ै,काेरियामा रहेका नेपाली श्रमिक र नेपाली बिध्यार्थी हरुको हकहितमा सक्रियता रहदै आएको कार्यविवरण र जानकारी सहितको वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै भावी कार्ययोजना समृद्ध समाज निर्माणमा काेरियाबाट आर्थिक ,बौद्धिक, प्रबिधी र शिप भित्र्याउने लगायत संघको विभिन्न अभियानको विषयमा छलफल हूने भएकाले सबै काेरियाबासी नेपालीहरुको साथसहयोग र सल्लासुझावको महत्वपूर्ण भूमिका रहेने संस्थाका अध्यक्ष हेम पाठक ले जानकारी दिनु भयो। 



साथै संघले , सो दिन नवलपुर समाज काेरियालका सदस्यहरू,अग्रज, बुद्धिजीवी, पत्रकार, व्यवसायी, विद्यार्थी र मजदुर लगायत सबै काेरियाबासी नेपाली दाजुभाई दीदी बहिनीहरू लाई वार्षिक साधारणसभामा उपस्थित हून अनुरोध गरी, सम्बन्धित सबैमा जानकारी गराईएको र यदि कहि कतै केहि कारणबस जानकारी नपुगेको खण्डमा यहि समाचारको सुचनालाई आधार मानेर भएपनि सहभागी भईदिनुहुन अनुरोध गरेको छ।

कोरियामा रहनुहुने सम्पूर्ण नवलपुरवासी दाजुभाई तथा दिदीबहिनीहरुमा यस आउने वार्षिक साधारण सभामा उपस्थिति जनाईदिनु हुन साधारण सभाका संयोजक राजु पाण्डेले हार्दिक अनुरोध गर्नु भएको छ ।

कार्यक्रम मिति: २४ जनावरी २०२० ( शुक्रबार ) सलनालको पहिलो दिन
समय: बेलुका ४ बजे
स्थान: ज्योति रेस्टुरेन्ट सभाहल

अन्य बृस्तित जानकारीको लागि :
कृष्ण डुम्रे: ०१०४६८५८३८
हरी कडेल: ०१०४५३९१५३४
राज चापागाई: ०१०२१८०९२०१
राजु पाण्डे: ०१०५५१७४५०९

React on this Post

ट्रेन्डिङ