कोरियाबाट नवलपुर समाज का बरिष्ठ उपाध्यक्ष रिकमान थापा मगरलाई भब्य सम्मान

कोरियाबाट नवलपुर समाज का बरिष्ठ उपाध्यक्ष रिकमान थापा मगरलाई भब्य सम्मान  
कोरियाबाट नवलपुर समाज का बरिष्ठ उपाध्यक्ष रिकमान थापा मगरलाई भब्य सम्मान

सौल, माघ ७
कोरियामा बिगत लामो समय देखि निरन्तर रुपमा सामाजिक क्रियाकलापहरु देखि कलाकारिता क्षेत्र लगाएत विभिन्न अनलाइन मिडियाहरु नेपाली वेव टि भी, ग्लोबल न्युज नेपाल, हाम्रो चौतारी र रियोना फिल्मस मा तन मन र धन ले उचाइमा लान प्रयत्न रत नवलपुर समाज, दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष रिकमान थापा मगर आफ्नो कार्यकाल सकेर नेपाल फर्किदै छन। दश बर्षे भिसा अबधि सकिए संगै सकुशल मात्रै नेपाल फर्किएनन रिकमान थापा मगर स सम्मान का साथ नेपाल फर्किएका छन यो गौरवको कुरा हो ।

बैदेशिक रोजगारीको राम्रो गन्तब्य ठाउँ मानिन्छ दक्षिण कोरिया । र दक्षिण कोरिया यस्तो ठाउँ पनि हो जहाँ मानिस हरु दिन - दिनै डिप्रेसनको सिकार हुने, सुसाइड गर्ने जस्ता घटना हरुबाट ग्रसित ठाउँ , श्रम बेचेर भबिस्य निर्माण गर्नु पर्ने परिस्थिति यी र यस्ता कठिन परिस्थिति हरुमा पनि रिकमान थापा मगर ले थुप्रै संघ संस्थामा रहेर इमानदार पूर्बक काम गरेका छन ।

विभिन्न कोरिया को संस्थाहरु साथै ग्लोबल न्युज नेपाल, नेपाल मगर संघ गणतन्त्र कोरिया, नवलपुर समाज, दक्षिण कोरिया, रेडियो अनलाइन गोर्खाली, नमस्ते नेपाल कोरिया,आदिवासी जनजाति महासंघ दक्षिण कोरिया, तामाङ संघ, दक्षिण कोरिया, तनहुँ समाज, दक्षिण कोरिया, इलामेली समाज, दक्षिण कोरिया जस्ता थुप्रै संघ सस्थाहरुले सम्मान गरेको छ। थुप्रै समाज सेवाहरु चाहे पदमा रहेर होस या पद बाहिर रहेर काम गरेका मगर को लगनशीलता र इमानदारिता को उच्च मुल्यांकन गर्दै संघ सस्थाले सम्मान गरेको छ।

फेन्थेक माइग्रेन्ट सेन्टर ले सन् २०१३ मा आयोजना गरेको "बहु सांस्कृतिक कार्यक्रम मेला" मा विभिन्न १५ वटा देश मध्ये नेपालको तर्फबाट प्रतिनिधित्व गरेर कल्चलर डान्समा प्रथम स्थान हासिल गरेको थियो। र हालै "अन्तराष्ट्रिय समाजबाद अवार्ड २०१९" मा उत्कृष्ट म्युजिक भिडियो निर्देशन को अवार्ड बाट सम्मानित भएका छन् । 

React on this Post

ट्रेन्डिङ