नवलपुर समाज, दक्षिण कोरियाको बार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न

नवलपुर समाज, दक्षिण कोरियाको बार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न  
नवलपुर समाज, दक्षिण कोरियाको बार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न

सौल, माघ १५
नवलपुर बासी एक हौं अर्थात "we for all" भन्ने मुल नाराका साथ जनवरी २४ तारिख सस्थाको बार्षिक साधारण सभा सौल स्थित ज्योती रेस्टुरेन्ट सभा हलमा सम्पन्न भयो।
उक्त नवलपुर समाज, दक्षिण कोरियाको बार्षिक साधारण सभा कार्यक्रममा संस्थाका अध्यक्ष हेम पाठक सभापति, प्रमुख अतिथि मा रुपन्देही सम्पर्क समितिका निबर्तमान अध्यक्ष रामु कार्की, संस्थाका सल्लाहकार हिराज कुमार श्रेष्ठ र बिष्णु काफ्ले को विशेष अतिथि र अतिथिमा नवलपरासी सम्पर्क मन्चका सचिब किसन पौडेल तथा यस नवलपुर सामज का सदस्य राजु पाण्डे को संयोजकत्वमा आफ्नो पहिलो बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

2019-02-05 मा गठन भएको यस संस्था ले कोरिया लगाएत नेपाल मा पनि सामाजिक क्षेत्र मा धेरै भुमिका निर्वाह गरिरहेको र अब पनि केही नयाँ कामको योजना को लागी अक्षय कोषको थलनी गरीएको छ। साथै बिगत मा गरिएका काम को मुल्यांकन र नवलपुर बासिको आत्मिय भेटघाट को साथै नवलपुर समाज को दिगो बिकास को लागि कोरियन चाड सलनाल को अवसर पारेर ज्योति रेस्टुरेन्ट जोङ्गाक मा उक्त कार्यक्रम भएको थियो ।

यसैगरी नवलपुर जिल्ला घर भई कोरियामा बिभिन्न सिलसिलामा बसोबास गरिरहनुभएका अग्रज समाजसेवि, बुद्धिजीवी, ब्यावसायी, विद्यार्थी , पत्रकार, मजदुर, कलाकार , लगायत सम्पुर्ण नवलपुर बासी हरुलाइ उपस्थिति भैदिनु भएको संस्थाका अध्यक्ष हेम पाठक ले हार्दिक आभार प्रकट गर्नु भयो ।

React on this Post

ट्रेन्डिङ