राजन मुकारुङको साथ "उधौली कविता २०२०" कोरियामा सम्पन्न

राजन मुकारुङको साथ "उधौली कविता २०२०" कोरियामा सम्पन्न  
राजन मुकारुङको साथ "उधौली कविता २०२०" कोरियामा सम्पन्न

सौल, माघ २४  
इतर आवाज साहित्य समाज दक्षिण कोरियाले "उधौली कविता २०२० "कार्यक्रम साथमा "इतर कविता " बृहत संयुक्त संग्रह लोकार्पणको ऐतिहासिक कार्यक्रम सम्पन्न गरेको छ।

कोरियाको राजधानी सौल स्थित जनवरी २६ तारिख सम्पन्न कार्यक्रमा विश्वमा छिरिएर रहेका नेपाली साहित्यमा विशेषगरी सीमान्तकृत, उत्पीडित वर्ग-समुदायको पहिचान, सौन्दर्य र मुक्तिका पक्षमा कलम चलाईरहेका ३४० कविका ३४० कविता ६६८ पृष्ठको बृहत कविता कृतिलाई प्रमुख अतिथिको राजन मुकारुङ साथमा बिषेश अतिथिहरू स्वप्निल स्मृति र विना थिङ हातबाट लोकार्पण गरिएको थियो । 

यसै कार्यक्रममा कवि बिना थिङ, स्वप्निल स्मृतिले पहिचान साहित्यमाथिको आफ्नो आफ्ना धारणा राखे पछि आख्यानकार राजन मुकारुङको पालो कुरेर बसेका साहित्यनुरागीहरुको ध्यान खिच्दै राजन मुकारुङ स्टेजमा उपस्थित भए। सिर्जनशिल अराजक अभियान्त राजन मुकारुङले पहिचानको आन्दोलन र इतर अभियान बारे प्रस्ट धारणा राखेका थिए। साहित्यको क्षेत्रमा पहिचानको आन्दोलन अचानोले खुकुरीको प्रहार सहन नसकेपछि अचानोहरुबाट आन्दोलनको सुरु भएको बताए । सत्तालाई अचानोको पिँडा थाह नहुने पनि बताउनु भयो। विश्व साहित्यमा पहिचानको आन्दोल जति बेला अफ्रिकी मुलुकहरुबाट काला जातिहरुलाई युरोप अमेरिका पुर्याईन्थयो दास बनाईन्थयो जब उनिहरुले आफ्ना दुःख पिँडाहरुलाई गीत,संगीतको ,साहित्यको माध्यमबाट अभिब्याक्त गर्न थाले र पहिचानको आन्देलन यहिबाट सुरू भयो। 


पहिचानको आन्दोलन पिँडितहरुको आन्दोलन हो ।जस्ले आफ्नै भुमीमा आफ्नो भाषा,संस्कृति इतिहस,अस्तित्व छुटै हुदा हुदै पनि आफ्नो उपस्थिती देखन नपाऊनु ,आफु हुनुको अनुभुत गर्न नपाऊनुको विरूद्ध गरिरहेको आन्दोलन नै पहिचानबादी आन्दोलन हो ।अनुहारको आधारमा ,आँखाको आधारमा ,संस्कारको आधारमा बोली, लवाज, भाषाको आधारमा बिभेद गर्नु त्यसको बिरुद्व हो यो आन्दोलन ।आफ्नो कुरा गर्दा जातिबादी देखिनुको बिरुद्वको आन्दोलन हो।त्यसो र इतर अभियान यसै आन्दोलनका बैशक्यरूप हो मुकारुङले प्रष्टसंग मत राखे । 

कार्यक्रममा प्रमुख अतिथि सिर्जनशिल अराजक आन्दोलनको अगुवा आख्यानकार तथा कवि राजन मुकारुङ र बिशेष अतिथिमा मुन्धुमी सौन्दर्य तथा रंगवादी कवि स्वप्निल स्मृति ,पहिचानवादी कवि बिना थिङ गर्नु भएको थियो ।इतर आवाज साहित्य समाजको शिर्षविन्दु पराजित पोमुको सभापतित्व कार्यक्रम संचालन भएको थियो ।कोरियामा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाकुलो उपस्थिती रहेको थियो।


कार्यक्रमको तेस्रो चरणमा स्थानिय कोरियामा रहेर कविता कर्म गर्नु हुने डेढ दर्जन बढी कविले आफ्नो कविता बाचन गरेका थिए। कविता बाचन गर्ने कवि साहित्यकारहरु मातृका नेम्बाडं् ,पराजित पोमु वियोगी काइला,शकुन आँसु ,खोम गुरुङ, दिलिप बान्तावा , कोशी सलल" सेसेफुङ सेर्मा", सुमन तिमिल्सिना, दिपा मेवाहाङ राई, मचिन्द्र कुरुङ्बाङ,देवेन्द्र थाम्सुहाङ, बाबू बलिन्द्र, चेतन आङ्देम्बे, सुनिल दिप्त राई, स्पन्दन खनाल, शुष्मा रानाहँमा, डम्बर सुब्बा, सुरेशसिंह सम्बाहाम्फे, कृष्ण किरात, पूर्वेली गाउँले कविता सुनाएका थिए।कार्यक्रमको अन्तयमा नेपालबाट आमन्त्रित ३ कविहरू ४ , ४ वटा आफ्ना कविता बाचन गर्नु भएको थियो ।

करिब ४ घण्टा लामो कार्यक्रमलाई इतर कवि उत्तम खजुमले सञ्चालन गरेका थिए भने कार्यक्र स्वागत मन्तव्य इतर कवयत्री सुष्मा रानाहँमाले गरेकी थिईन। अघिलो बर्ष पनि इतर आवाज साहित्य समाज कोरियाले कविता कन्सर्ट २०१७ कवि उपेन्द्र सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न गरि सकेको छ। 

React on this Post

ट्रेन्डिङ