हाङ चेम्जोङ को निर्देशनमा ‘तिमी म सँग’ बोलको गीत सार्बजनिक(भिडियो सहित)

हाङ चेम्जोङ को निर्देशनमा ‘तिमी म सँग’ बोलको गीत सार्बजनिक(भिडियो सहित)  
हाङ चेम्जोङ को निर्देशनमा ‘तिमी म सँग’ बोलको गीत सार्बजनिक(भिडियो सहित)

सौल, फागुन ३
पछिल्लो समय पाश्र्वगायनमार्फत चर्चामा आइरहेकी गायिका दीपा लामाको नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ।

‘तिमी म सँग’ बोलको यो भिडियो दक्षिण कोरियाको विभिन्न रमणीय स्थानहरुमा छायाँकन गरिएको हो । प्रेमात्मक भावना चित्रण गरिएको यो भिडियो प्रणय दिवश अर्थात ‘भ्यालेन्टाइन–डे’को पूर्वसन्ध्यामा सार्वजनिक गरिएको हो।

प्रेमिल जोडीप्रति समर्पित गरिएको यस गीतमा बसन्त नाछिरिङ राईको शब्द तथा संगीत रहेको छ। कोरियामा धेरै म्युजिक भिडियोहरु निर्देशन गरेका हाङ चेम्जोङले निर्देशन गरेको भिडियोमा दिनेश नाछिरिङ राई, रजनी राई र मोहन नाछिरिङ राईले अभिनय गरेका छन् ।

लामो समयदेखि रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहँदै आएका याम्फू कला र सञ्चार क्षेत्रमा समेत सक्रिय छन् भन्ने यो पछिल्लो भिडियोले पुष्टि गरेको छ ।
यस भिडियोलाई बहु प्रतिभाशाली बिपी याम्फू को छायांकन, ड्रोन तथा सम्पादन पनि याम्फूले नै गरेका हुन् । मेहनती याम्फु ले ड्रोन र क्यामेराको एंगलबाट जति सुन्दर दृश्यहरु कैद गर्ने प्रयास गरेका छन्, त्यति नै भिडियो सरल र सुन्दर बनेको छ। 

दक्षिण कोरियामा खिचिएको ‘तिमी म सँग’ भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला । 

 

React on this Post

ट्रेन्डिङ