गौतमबुद्ध क्रिकेट रगंशाला निर्माण सहयोगार्थ "होली हंगामा-२०७६" फेन्थेकमा आयोजना हुदै

गौतमबुद्ध क्रिकेट रगंशाला निर्माण सहयोगार्थ "होली हंगामा-२०७६" फेन्थेकमा आयोजना हुदै  
गौतमबुद्ध क्रिकेट रगंशाला निर्माण सहयोगार्थ "होली हंगामा-२०७६" फेन्थेकमा आयोजना हुदै

सौल, फागुन ३
धार्मिक निष्ठा,मनोरन्जन,आनन्द अनी रंगीन उत्सवको रुपमा परिचित बसन्त ऋृतुको यस रगंमय पर्व,त्रेतायुगमा प्रहलादको इतिहाससंग होस या सत्ययुगमा असत्य माथीको जितको रुपमा यस्तै विविध धार्मिक परम्परागत भावना अनी मान्यता बोकेको होली पर्व विभिन्न रंगको अर्थस्वरुप धैर्यता,सौभाग्यता जस्ता अनेकौं व्यापक रुपमा परिचित छदैछ।
नेपाल र नेपालीहरुले बिशेष महत्वका साथ मनाउने यस पर्वको शु-अवसर पारी प्रदेशी भुमीमा रहेका प्रवाशी नेपाली हरुमॉझ सुख:दुखको साथीको रुपमा परिचित हुदैआएको फेन्थेक माईग्रेन्ट सेन्टर नेपाली समितिले होली बिशेष "होली हंगामा-२०७६" कार्यक्रम आउदो ८ मार्च,२०२० मा आयोजना गर्नेभएको छ । पर्यटन बर्षको प्रवर्द्दनका साथै आपसी सदभावपुर्ण साथीत्व अनी भातृत्वको बातावरण सृजना गर्नको निमीत्त पनि यस कार्यक्रम आयोजना गर्ने भएको हो। 

खेलप्रेमी नेपालीजनहरुको बिषेस चासोको बिषय "धुर्मुश-सुन्तली फ़ाउण्डेसन" द्वारा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रगंशाला निर्माण सहयोगार्थ यस कार्यक्रमबाट संकलीत रकम हस्तान्तरण गर्ने पुण्य उदेश्यका साथ आयोजित यस होली हंगामा कार्यक्रममा दक्षिण कोरियामा रहनुभएका समस्त नेपालीजनहरुको गौरवमय उपस्थित भइ आर्थिक भौतिक एबम नैतिक रुपमा सहयोग गरिदिनु हुनको लागी फेन्थेक माईग्रेन्ट सेन्टर नेपाली समिति हार्दिक निमन्त्रणाका साथ आमन्त्रित गर्दछ।

कार्यक्रमका बिषेशताहरु :-
• नेपाली डि।जे। म्युजिकमा झुम्न सकिने
• विविध स्वादिष्ट नेपाली परीकारको ब्यवस्था
• हेप्पीहोली एबम Visit Nepal को लोगो अङ्कित टिसर्टको ब्यवस्था
• होली रगंहरु का साथै अन्य विविध सांस्कृतिक कार्यक्रम एबम खेलहरुको आयोजना
कार्यक्रमको बिवरण:-
मिति :- ८ मार्च,२०२० आईतबार दिनको १२ बजेदेखि
स्थान :- फेन्थेक रिभर साईड <क्रिकेट मैदान
फेन्थेक रेलस्टेसनबाट ५०० मिटर दक्षिण पट्टि LH Apartment को छेउमा।

सचिब: मनोज चापागाइ: 010-7218-3472
अध्यक्ष : विशाल थापा : 010-5946-1415

फेन्थेक माइग्रेन्ट सेन्टर, नबौ नेपाली कार्यसमिती फेन्थेक दक्षिण कोरिया

React on this Post

ट्रेन्डिङ