कविता: ईर्ष्या

कविता: ईर्ष्या  
कविता: ईर्ष्या

रसिक रश्मी निर

यो मनमा लोभ छ ईर्ष्या छ
हो यै मन हो हरेक कुरा महसुस गरिदिन्छ
दुखी हुँदा दुखी दिन्छ
खुशी हुँदा हासी दिन्छ
आँसु हुँदा आंखामा संगै मनपनी रोईदिन्छ
मलाई यो मनको औधी माया लाग्छ
नदुखोस लाग्छ मन
थोरै कुरा चित्त नबुझ्दा नै यो मन दुखिदिहाल्छ
म सम्हालु भन्छु मान्दै मान्दैन
र पनि मलाई यो मनको औधी माया लाग्छ
हो आज पनि मलाई केही कुरा चित्त बुझेको छैन
बर्षै पिच्छे आउने यो चार्डपर्व चित्त बुझ्दैन
मन दुखाउछ्न
रुवाउछ्न
के माया यी चार्डले मात्रै जताउछ ?
तल्ला घरको काकीले ठूली सानीको खुट्टा अझै धोईदिरहदा
यो मन किन दुख्छ
किन ईर्ष्या गर्छ
मलाई चै यै ईर्ष्यालु मनको औधी माया लाग्छ
हरेक रातका सपनामा म देख्छु
उसैगरी मैले हरेक दिन मेरी आमासंग
मेरो दुख पोखेर काखमा लडिबुडी गर्दै रोएको
मैले नपाएको हरेक कुराहरू माग गर्दै घुर्की लगाएको
आमाका गहभरी मेरा मागका तलाउ भरीएको देख्छु
जब ती भरी तलाउ ले मेरो गाला सम्म चुम्न पुग्छ म सधैं मेरो सिरानीमा एक्लै हुन्छु
एक्लै रुन्छु
हरेक रात म त्यै सपनीको कमनामा निदाउछु
मलाई यी अन्धकार रातको पनि औधी माया लाग्छ
हजुरको सम्झनामा आउने हरेक कुरा प्यारो लाग्छ
मलाई मेरो नाम पनि औधी प्यारो
मलाई मेरो मन प्यारो लाग्छ जस्मा हजुरको लागि प्रेम मात्रै आउँछ
मलाई मेरो आँसु पनि प्यारो लाग्छ जो मेरो हरेक पीडामा उपस्थिति भैदिहाल्छ्न
जो मैले कहिल्यै पाउदिन त्यै कुराको यो मनलाई चाह हुन्छ
त्यै प्राप्तीको अपेक्षा हुन्छ
मलाई त्यै ममता को ईर्ष्या लाग्छ जो म कहिल्यै पाउदिन
हो मलाई यी ईर्श्याहरुको पनि औधी माया लाग्छ ।
०००

२०७६ असार २१, मा प्रकाशित

 

React on this Post

ट्रेन्डिङ