चिया र जीवन (कबिता)
एक गिलास चिया सँग मेरो जीवन जाेडिएकाे छ,
के हिउँद के वर्षा १२ महिना चिया सँग जीवन जाेडिएकाे छ,
मेरो परिवार यहीँ चियाले पालिएकाे छ ,
मेराे घरबार यही चियाले चलेकाे छ।
देशमा नाै नाै महिनामा सरकार फेरिए पनि मेरो दिनचर्या भने फेरिएकाे छैन।
बिहानै देखि ग्राहकलाई चिया पिलाउन उठ्नु त दैनिकी भै सक्यो अब,
घरायसी देखि राजनीतिका गफगाफ सुन्ने त मेरो बानि नै परिसक्याे,
तातो तातो चिया पिउन आउने ग्राहकलाई चिया पियाउनुमा कुनै परिवर्तन अाएकाे छैन।
प्रत्येक बर्ष क्यालेन्डर फेरिए तर मेरो दैनिकी फेरिएको छैन।
मेरो जीवन चिया सँग जाेडिएकाे छ।
प्रतिकृया