गायिका जुनु रिजाल को ‘हिमाल पारी लोमन्थाङ गाउँ’ गीत सार्बजनिक (भिडियो सहित)

गायिका जुनु रिजाल को ‘हिमाल पारी लोमन्थाङ गाउँ’ गीत सार्बजनिक (भिडियो सहित)  
गायिका जुनु रिजाल को ‘हिमाल पारी लोमन्थाङ गाउँ’ गीत सार्बजनिक (भिडियो सहित)

सौल, पौष २१
चर्चित गायिका जुनु रिजाल को स्वर रहेको ‘हिमाल पारी लोमन्थाङ गाउँ’ गीत सार्बजनिक भएको छ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी उपल्लो मुस्ताङको पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने उद्देश्यले ‘हिमाल पारी लोमन्थाङ गाउँ’ को गीतको म्युजिक भिडियोमा मुुस्ताङको सांस्कृतिक महत्व बोकेका धरोहर सँगै अनौठा भूगोल, मौलिक तथा पौराणिक कला संस्कृति, स्थानीय रहनसहन, भेषभूषा र धार्मिक स्थलहरुमा छायांकन गरिएको हो।

गीतमा चर्चित गायिका जुनु रिजाल को स्वर रहेको छ। भने गीतमा रमेश बिजीको शब्द रचना, बीबी अनुरागीले संगीत, राजेश घिमिरे छायांकन, सम्पादनमा बिष्णु शर्मा र चर्चित निर्देशक / कोरियोग्राफी प्रकाश भट्टले गीतको निर्देशन गरेका हुन्। भने उक्त गीतमा निशा गुरुङ, रामजी खांड र संगीता थापा मगर को अभिनय रहेको छ।

भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गरि हेर्नुहोस 

 

React on this Post

ट्रेन्डिङ