समाचार

नेपाल पक्षको निर्णयपछि सिंहदरबारमा प्रचण्ड र देउवाबीच छलफल

काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सोमबार मध्यान्ह भेटवार्ता भएको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा दुई नेताबीच छलफल भएको हो । 

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने माओवादी संसदीय दलको निर्णय

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको माओवादी प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । 

माधव–झलनाथ निकट सांसदहरुको बैठक बस्दै

नेकपा(एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक बस्दैछ । संघीय संसद सचिवालय सिंहदरबारमा बिहान साढे नौ बजे बस्ने बैठकमा सोमबार संघीय संसदमा हुने विश्वासको मत र पार्टी एकताको लागि दिएको समयसीमाको विषयमा छलफल हुँदैछ ।

भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी

अस्पतालको गम्भीर लापरवाहीका कारण कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमि–३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने भएको छ ।

९ हजार १९६ जनामा संक्रमण पुष्टि, ५० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गए रातिदेखि अन्तरराष्ट्रिय उडान पनि रोकिएको छ। कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरे अनुसार आजबाट सबै उडान सेवा बन्द गरिएको हो । मन्त्रिपरिषद्को वैशाख १९ मा भएको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै स्थगन गर्ने निर्णय गरेको थियो ।

उपत्यकाबाट साढे ६ हजार अक्सिजन सिलिण्डर संकलन

उपचारबाहेकका प्रायोजनामा घर र विभिन्न उद्योगहरुमा राखिएका ६ हजार ४८४ थान अक्सिजन सिलिण्डर सरकारले जफत गरेको छ । केही उद्योगी, व्यवसायीले उद्योग मन्त्रालयलाई आफैं फिर्तासमेत गरेका छन् भने अटेरी गरी लुकाएर राख्नेबाट नेपाल प्रहरीले सिलिण्डर बरामद समेत गरेको हो ।

ओलीले बोलाए आकस्मिक स्थायी समिति बैठक

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक स्थायी समिति बैठक बोलाएका छन् ।

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८,६५९ मा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८,६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८,६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

एमालेका लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा

नेकपा एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र नं. २ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीले सांसद पदबाट राजीनामा दिएका छन् ।

पोखरामा निषेधाज्ञा उल्लंघन गर्ने १३२ जना प्रहरी नियन्त्रणमा

पोखरामा प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा १३२ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा उनीहरुलाई पोखराका मुख्य–मुख्य चोकबाट नियन्त्रणमा लिइएको हो । 

तनहुँका अस्पतालहरुमा अक्सिजन सिलिन्डर पर्याप्त छैनन्

 कोभिड–१९ को दोस्रो लहरको जोखिम बढ्दै गइरहेका बेला तनहुँका अस्पतालहरुमा पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर नरहेको पाइएको छ ।  विभिन्न जिल्लामा कोभिड बिरामी उपचारका लागि अक्सिजनको अभाव भएको समाचार आइरहँदा यहाँ अक्सिजन भण्डारण र प्लान्ट स्थापनाप्रति सरोकारवाला निकायको ध्यान गएको पाइएको छैन ।

जनताबाट प्राप्त विश्वास जनतामै फर्काएका छौँ : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले निर्वाचनमा जाने निर्णय गरेर जनताबाट प्राप्त विश्वास जनतामै फर्काएको बताउनुभएको छ । उहाँले लोकतन्त्रमा जनता नै सर्वेसर्वा भनिए पनि विभिन्न बहानामा केही नेताको लेनदेनमा देशलाई अड्काउन खोजिएपछि सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताउनुभयो ।

झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

 बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ ।

२३२ सङ्क्रमित थप

पछिल्लो २४ घण्टामा २३२ सहित हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६९ हजार १८० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३८६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

पत्रकार महासङ्घद्वारा विभिन्न पुरस्कारको निर्णय

 नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शाखाका छ जना पूर्वअध्यक्षलाई विभिन्न पुरस्कार दिने निर्णय गरेको छ । शाखाको आइतबार सम्पन्न बैठकले महासङ्घमा स्थापित सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार, टीकानिधि ढुङ्गाना पत्रकारिता पुरस्कार र भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार पूर्वअध्यक्षलाई प्रदान गर्ने निर्णय गरेको हो ।

आइचर दुर्घटना हुँदा तीनको मृत्यु

सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

ज्यानको बाजी राखी हिउँमा निकुञ्जको सुरक्षा

ठूलो भूगोल, सीमित जनशक्तिबीचमा डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा दैनिक चोरी, निकासी तथा पैठारी रोक्नु चुनौतीपूर्ण रहँदै आएको छ ।

जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते

पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिनुभयो ।

दुई पक्षबीच झडप हुँदा गर्भवती महिला घाइते

हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाका श्रीमान्लाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो ।

ट्रेन्डिङ