पहिचान जोगाउँदै विद्यार्थी (फोटो फिचर)

पहिचान जोगाउँदै विद्यार्थी (फोटो फिचर)  
पहिचान जोगाउँदै विद्यार्थी (फोटो फिचर)

किर्तिपूर, जेठ २९

खोटाङकी २७ वर्षिय प्रनिता राई बुधबार त्रिभुवन विश्व विद्यालय किर्तिपूरको चौरमा मस्त साकेला नाच्दै थिईन् ।
‘पहिचान त जोगाउनु पर्यो नि’, किन साकेला नाँच्नु भएको भन्ने प्रश्नमा उनले हाँस्दै भनिन् । त्यसो त उनी मानवशास्त्रमा त्रिभुवन विश्वविद्यालयमा स्नाकोत्तोर अध्ययन गर्दै छिन् । कला संस्कृति जोगाउन आफुहरुले विश्वविद्यालयको चौरमा साकेला मनाएको उनी बताउँछिन् । ‘निक्कै रमाईलो भएको छ, आफ्नै गाउँमा पुगेको आभाष भएको छ,’ उनले हौसिदै सुनाईन् ।
किरात राई विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय इलाका समितिले गरेको साकेला पर्वको शुभकामना कार्यक्रममा प्रनिताजस्तै थुप्रै विद्यार्थीहरु साकेला नृत्यमा मस्त देखिन्थे ।
‘संस्कृतिलाई संरक्षण गर्न हामी जुटेका हौं’, कार्यक्रमको आयोजक किरात राई विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय इलाका समितिका अध्यक्ष रमेश राईले जिएनएनसँग भने– ‘हामी युवा विद्यार्थीहरुले यसको संरक्षण गर्न सकेनौं भने लोप हुने खतरा भएको छ ।’


किन मनाईन्छ साकेला ?
किरात समुदायले मनाउँदै आएको साकेला अर्थात सुम्निमाले सृष्टिको सुरुवात समयकोे दिनलाई स्मरण गरी मनाइने पर्व हो । यसलाई किरात समुदायमा सांस्कृतिक महोत्सवको रूपमा मनाउने गरिएको छ । किरातहरूको यो पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिदै आएको पाइन्छ । उभौली गरेर मनाइने साकेला चाडमा किरात समुदायमा आफ्नो जातीय पहिरनमा साकेन्वा सिली नाच्छन् ।
कालो कोट, दौरा–सुरूवाल, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा ठाँटिएर पुरुषहरू साकेला सिलीमा ताल मिलाउँदै गोलबन्द भएर नाच्छन् भने महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि पहेँलपुर गरगहनामा सजिएर उनीहरूलाई इसारा गर्दै नाच्छन् । हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, चमर र सिम्कौली सेउली लिएर नाचिन्छ । स्याउला, ढोल, झ्याम्टा, बिनायो तथा हारी छातीमा झुन्ड्याएर उनीहरू आफूलाई सजाउँछन् । गोलाकार घेरामा रहेर नाचिने साकेला नाचमा अहिले सबै जातीका युवायुवतीको सहभागिता बढ्दो छ ।
यो नाच परापूर्व कालमै प्रारम्भ भएको हो । किराँत–राईहरूले पितृपूजा र प्रकृति पूजा गर्छन् । किराँत राईहरूले आफ्ना यो विशेष पर्व साकेला साकेन्वा ऋतु परिवर्तनसँगै वर्षमा दुईपटक मनाउँछन् । अन्नबाली लगाउने समयमा मनाइने चाड उभौली बालीनालीमा रोगव्याधि नलागोस, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस् तथा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनाका साथ मनाइन्छ । दिन लामो हुन थालेको दिन अर्थात् पूर्णिमादेखि यो चाड सुरू हुन्छ ।
खुला आकाशमुनि संयुक्त रूपमा नाचगान गरी हर्षोल्लासपूर्वक साकेला साकेन्वा नाचिन्छ । बालकदेखि वृद्धसम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला साकेन्वा नृत्यले यो आदिवासी जातिको सामूहिक भावना प्रदर्शन गरेको पाइन्छ । हातखुट्टाको चाल हाउभाउद्वारा पंक्तिबद्ध रूपमा जीवजनावरको नक्कल गरी ढोल–झ्याम्टाको तालमा नाचिने सामूहिक नृत्य नै साकेला साकेन्वा हो । किरात राईहरूले साकेला साकेन्वा नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ ।

त्रिभुवन विश्व विद्यालय किर्तिपूर परिषरमा यसरी गरे साकेला नृत्यः

 

React on this Post

ट्रेन्डिङ