दशैंमा अरनिको सिण्डिकेट तोड्दै सिन्धु पाँचपोखरी

असोज १० बाट सार्वजनीक यातायात सुभारम्भ हुने

दशैंमा अरनिको सिण्डिकेट तोड्दै सिन्धु पाँचपोखरी  
दशैंमा अरनिको सिण्डिकेट तोड्दै सिन्धु पाँचपोखरी

चौतारा/असोज ८- दशकौंदेखि ३ नं. प्रदेशको ५ जिल्लामा राज गर्दै आएको अरनिको यातायात सेवा समितिको सिण्डिकेट तोड्न सिन्धु पाँचपोखरी यातायात सेवा प्रा.लि. खडा भएको छ । चाडपर्व नजिकिदै गर्दा यात्रुहरुलाई ध्यानमा राखेर यातायात सेवा प्रा.लि.ले सार्वजनीक यातायात सेवा सुरु गर्ने भएको हो ।

असोज १० गतेबाट यातायात सेवा प्रा.लि.ले सेवा सुरु गर्न लागेको जनाएको छ । चौतारा टुँडीखेलबाट काठमाण्डौको कोटेश्वर र चावहीलसम्म र पुनः सोही रुटबाट फिर्ता हुने गरी जम्बो हाइस ए/सी माइक्रो बस र टाटाका डिलक्स बसहरुबाट सेवा सञ्चालन गर्न लागिएको प्रा.लि.का अध्यक्ष खिल बहादुर श्रेष्ठले जानकारी दिए ।

‘बस सेवा सञ्चालनमा आएपछि यात्रुहरुले अहिले तिरीरहेको भन्दा कम शुल्कमा अहिले प्राप्त गरीरहेका भन्दा ज्यादा सेवा प्राप्त गर्ने गरी हामीले शुल्क तथा सुविधा निर्धारण गरेका छौं’, श्रेष्ठले भने– ‘यसबाट यात्रुहरुले सहज रुपमा सस्तो र आरमादायी सेवा प्राप्त गर्नेमा हामी विश्वस्त छौं ।’ हाल चौतारा बजारबाट काठमाण्डौसम्मको सेवा प्रदान गरेपनि यात्रुको माग र कम्पनीको क्षमता बढाउदै निकट भविश्यमा नै सिन्धुपाल्चोकका सबैजसो बजार र ग्रामीण इलाकाहरुमा यातायात सेवा पुर्याउने लक्ष्य राखिएको उनले बताए ।

सञ्चालन हुन लागेको सार्वजनीक यातायात सेवा चौताराबाट बिहान ६, ७, दिउँसो २, ३ र ४ बजे सञ्चालन हुने जनाईएको छ । त्यस्तै चाबाहिलबाट बिहान ५ः३०, ६ः२०, ७, दिउँसो १ः३०, २ः३० र कोटेश्वरबाट बिहान ६, ७, ७ः३०, दिउँसो २ र ३ बजे सञ्चालन हुनेछ । यातायात सेवा प्रा.लि.ले यात्रुहरुलाथ थप सुविधा प्रदान गर्ने समेत जनाएको छ । माइक्रो बसमा यात्रा गर्दा काठमाण्डौसम्मको लागि २ सय ७५ रुपैंया भाडा लाग्नेछ र यात्रुलाई पिउने पानी निःशुल्क उपलब्ध गराउनले जनाएको छ । त्यस्तै ६१ वर्ष भन्दा माथिका यात्रुहरुको लागि भाडामा ५० प्रतिशत छुट दिने, तीन महिनासम्म हाल चलनचल्तीमा रहेको भाडामा १० प्रतिशत छुट प्रदान गरिने जनाएको छ ।

टिकट काउन्टर भने चौताराको लागि टुँडीखेल, नवलपुर चोक र ५ नं. वडा कार्यालयको अगाडी रहने र काठमाण्डौको लागि चाबहील, कोटेश्वर तथा बसपार्कमा रहनेछ बताईएको छ ।

React on this Post

ट्रेन्डिङ