हेलिकोप्टरबाट सुत्केरीको उद्दार

हेलिकोप्टरबाट सुत्केरीको उद्दार  
हेलिकोप्टरबाट सुत्केरीको उद्दार

बागलुङ, ५ असोज


अत्याधिक रक्तश्राब भएपछि गलकोटकी एक महिलालाई हेलिकोप्टरबाट उद्दार गरेर पोखरा लगिएको छ ।

गलकोट नगरपालिका वडा नंं। ११ रिघाकी गौरी श्रीषलाई सुत्केरीपछि रक्तश्राव भएकोले हेलिकोप्टरबाट पोखरा लगिएको हो ।
राती साँढे १ बजे रिसा बर्थिङ सेन्टरमा सुत्केरी भएपनि रगत बग्ने क्रम नरोकिएको, बेहोस भएको लगायतका जटिलता देखिएपछि गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालय मार्फत हेलिकोप्टर मगाइएको वडा अध्यक्ष डम्बर श्रीषले बताए । अहिले पोखरा स्थित गण्डकी अस्पतालमा उनको उपचार भैरहेको छ । उनको स्वास्थ्य अवस्था सुधार भएको पनि उनले जानकारी दिए । प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटा समेतले हेलिकोप्टर ल्याउनमा पहल गरेको श्रीषले जानकारी दिए । श्रीषको शिसु पनि सकुशल छन् । उनले आइतवार राती छोरा जन्माएकी थिइन् ।

React on this Post

ट्रेन्डिङ