बागलुङमा बगेर बालकको मृत्यु

बागलुङमा बगेर बालकको मृत्यु  
बागलुङमा बगेर बालकको मृत्यु

बागलुङको पश्चिम क्षेत्र बडिगाड गाउँपालिकास्थित भिमगिठे खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । शनिबार बडिगाड गाउँपालिका–७ भिमिगिठे निवासी अनुज केसीका ७ वर्षीय छोरा अनुपको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । भिमगिठे खोलामा पौडी खेल्ने क्रममा बगाएर दुई किलोमिटर तल पु¥याएको बालकलाई प्रहरी र स्थानीयले उद्दार गरेका थिए । उद्दार पछि बडिगाड पोलिक्लिनिकमा उपचारका लागि लगे पनि बालकको मृत्यु भएको रेग्मीको भनाइ छ ।

React on this Post

ट्रेन्डिङ