थप कोरोना सङ्क्रमितको मृत्यु

थप कोरोना सङ्क्रमितको मृत्यु  
थप कोरोना सङ्क्रमितको मृत्यु
बुटवल, ४ कात्तिक (जि.एन.एन)

रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । उपमहानगरपालिका वडा नंं ११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा बिहान मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार सोमबार कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार भइरहेको थियो । ती महिला मधुमेहकी दीर्घरोगी थिइन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यससँगै रुपन्देहीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको छ ।

React on this Post

ट्रेन्डिङ