कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८,६५९ मा संक्रमण पुष्टि

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८,६५९ मा संक्रमण पुष्टि  
कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८,६५९ मा संक्रमण पुष्टि

 वैशाख २२, काठमाडौं 

पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८,६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८,६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० रहेको छ । बुधबारसम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ । जसमध्ये ४७६४ जना संस्थागत आइसोलेसनमा र ६१ हजार ५८८ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १,९९३ रहेको छ । हालसम्म देशभर २ लाख ८९ हजार ७८३ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणबाट हालसम्म नेपालमा ३,४७५ जनाको मृत्यु भएको छ ।

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

सबैभन्दा धेरै काठमाडौंमा २ हजार ८४९, रुपन्देहीमा ६८०, बाँकेमा ५९१, ललितपुरमा ५१८ र भक्तपुरमा ४५८ जना कोरोना संक्रमित भेटिएका हुन् । यस्तै कास्कीमा २८४, झापामा २६९, चितवनमा २१३, मोरङमा २०६, सुर्खेतमा १५४, पर्सामा १५२, धनुषामा १४७ र कैलालीमा १४५ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै कैलालीमा १४५, कञ्‍चनपुरमा १४०, पाल्पा ११५, नुवाकोटमा ११२, सुनसरीमा १०७, मकवानपुरमा १०५, काभ्रेपलाञ्चोकमा ९६ र तनहुँमा ६३ जनामा कोरोना संक्रमित थपिएका छन् ।

यस्तै महोत्तरी र सिन्धुलीमा ५५/५५ जना, धादिङमा ५४, बर्दियामा ४७, बारामा ४६, नवलपरासी पश्‍चिम र बैतडीमा ४४/ ४४ जना, डोटीमा ४०, नवलपरासी पूर्वमा ३९, अर्घाखाँचीमा ३८, दैलेख ३४, सिरहामा ३३, म्‍यादीमा ३०, रौतहट र गोरखामा २८/२८ जना कोरोना संक्रमित भएका छन् ।

यस्तै अछाममा २३, कपिलवस्तुमा २४, सर्लाहीमा २१, धनकुटामा २०, रसुवा र गुल्मीमा १९/१९ जना, पर्वतमा १८, सप्तरीमा १६, सिन्धुपाल्चोकमा १५, रामेछापमा १३, दोलखा १२, इलाम र सल्यानमा ११/११ जना तथा म्‍याग्दी र डडेल्धुरामा १०/१० जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै संखुवासभामा ९, बागलुङमा ८, उदयपुर र सोलुखुम्बुमा ७/७ जना, ओखलढुंगा, खोटाङ र जुम्लामा ६/६ जना, भोजपुरमा ५, प्‍युठान र सल्‍यानमा ४/४ जना, रोल्पा र बझाङमा ३/३ जना, ताप्लेजुङ, तेह्रथुम, मुस्ताङ, रूकुम पुर्व र कालिकोटमा २/२ जना तथा पाँचथर, जाजरकोट र रूकुम पश्‍चिममा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका २१३ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने १० देखि १९ वर्ष मुनिका उमेर समूहका ५२४ जना कोरोना संक्रमित भेटिएका हुन् ।

React on this Post

ट्रेन्डिङ