प्रधानमन्त्रीलाई विश्वासको मत नदिने माओवादी संसदीय दलको निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने माओवादी संसदीय दलको निर्णय  
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने माओवादी संसदीय दलको निर्णय

 वैशाख २७, काठमाडौंं 

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको माओवादी प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । 

प्रधानमन्त्रीले संविधानविपरीत विश्वासको मत लिन खोजेको देखिन्छ । यिनले कुन ढंगले विश्वासको मत लिन खोजे त्यो पनि प्रस्ट छैन,’ बैठकपछि गुरुङले भने, ‘त्यसैले यो सरकारको सन्र्दभमा हामी गम्भीर भएर रणनीति बनाइरहेका छौ । ओली सरकारको विकल्प खोज्ने गरेर हामीले आफ्नो गतिविधि गर्नुपर्छ भन्ने हाम्रो ठहर छ ।’

त्यस्तै माओवादी नेतृ पम्फा भुषालले माधव नेपाल पक्षले लिएको अडान एमालेको आन्तरिक मामिला भएको भन्दै माओवादीले यसमा कुनै टिप्पणी नगर्ने बताइन् ।

React on this Post

ट्रेन्डिङ