२०७५ चैत १३
कुनै काम नभएको बेला केवल काम हुँदैन । नत्र त के हुँदैन ?!
सबचिज हुन्छ । सकसक हुन्छ । खसखस हुन्छ । चकचक हुन्छ । बकबक हुन्छ । कहाँ-कहाँ , के के मात्र चिलाउँदैन?! ढाड, कपाल, दाह्री, नाक, कान र कहिलेकाही त नङ समेत चिलाउँछ । रौंहरूले यही मौका छोप्छन् । मनको के कुरा! यस्तोबेला मनलाई लूतो आउँछ ।