महिलाहरू एकजुट हुन सके ‘नारी अधिकार’ कसैले खोस्न सक्दैन 'जुनु गुरुङ'

महिलाहरू एकजुट हुन सके ‘नारी अधिकार’ कसैले खोस्न सक्दैन 'जुनु गुरुङ'  
महिलाहरू एकजुट हुन सके ‘नारी अधिकार’ कसैले खोस्न सक्दैन 'जुनु गुरुङ'

सौल, भदौ ११
२१ औ शताब्दीमा आइ पुग्दा मानव समाज अझै पनि लिङगको आधारमा भेदभाब मुक्त भएको छैन । मार्च ८ को दिन विश्वभर नारी दिबस मनाइन्छ । संयुक्त रास्ट्रसङ्घमा विभिन्न देशहरुले बाचा गरे अनुसार महिला अधिकारहरु प्रयोग गर्न दिएको वा नदिएको बारेमा हरेक बर्ष लेखा जोखा गरिन्छ । सरकारी र गैर सरकारी सस्थाहरुले अनेक ताम् झमका साथ लाखौ करोडौ बजेट खर्च गरेर ५ तारे होटलमा सभा सेमिनार गरिन्छ ।

यी सबै प्रयास बाट हाम्रो समाजका पिडित दिदी बैनिको जीवनमा के कस्ता परिबर्तन भएका छन त ? हामिले बुझ्नै पर्ने भएको छ ।
बास्तबमा यस्ता भड्किला कामहरुले हाम्रो नारी जीवनमा कुनै पनि आधारभुत सुधारहरु आउन सकेका छैनन् । बिकसित भनिएका देशमा नारी शोषणका रुपहरु फेरिएका छन । आतंकवाद र गृहयुद्धको चपेटामा परेका देशमा चाहिँ १७ औ सताब्दिको सरह नारी शोषणले सिमा नाघेको छ । बलात्कार , हत्या र अपहरणमा नारीहरु दिन दिनै नारकिय जीवन जिउन बाध्य छन् ।


दक्षिण एसियाली रास्ट्र नेपालमा चाहिँ सामाजिक र नागरिक स्तरमा नारी माथी हुने थिचोमिचोमा कुनै कमि आएको छैन । गाउँ ठाउमा बोक्सी प्रथा , देउकी , छौपडी , कमैया जस्ता प्रथा कायमै छ्न । शहर बजारमा ललाइफकाइ यौन पेसामा लाउने , महिला बेच बिखन गर्ने- गराउने र छोरा जन्मनै पर्ने कारण देखाइ जबरजस्ती भ्रुण ह्त्या गर्न लाउने कार्यहरु आज पनि जारी नै छन् ।

 
तर ०६२/६३ को जन आन्दोलन पछि स्थापित सम्बिधान सभाबाट जारी भएको सम्बिधानले चाहिँ राजनितिक रुपले महिलालाइ ससक्त बनाउदै लगेको देखिन्छ ।अब क्रमश हुने स्थानिय , प्रादेशिक र केन्द्रको चुनाबले महिलालाइ राज्यको एक अभिन्न अङ्ग हो भनेर झन छर्लङ्ग हुनेछ । यो एक किसिमको नौलो प्रयोग हाम्रो समाजले गर्दैछ । यो मान्यताको प्रयोग देस बिदेसमा हुने विभिन्न सामाजिक सङ सस्थामा समेत महिला को प्रतिनिधित्वलाई अनिबार्य बनाइएको छ र समाजलाई नेतृत्व दिन एक से एक महिलाहरु तयार छन् ।


नेपाली नारिले अब अबसर मात्र हैन चुनैती पनि छ भनेर बुझ्नु पर्द्छ । हरेक नेतृत्वदायी ठाउमा पुग्नलाओ चेतना मात्र भएर हुदैन योगदान पनि हुनु पर्दछ । नारी शिक्षामा जोड दिनु पर्छ ।महिला र महिला बिचमा एकता र बिस्वासको बाताबरण बनाउनु पर्छ । घर घरको चुला चौकामा नारी जागरण पुर्याउनु पर्दछ । हरेकका लागि शीक्षा, सीप र र्नेतृत्व क्षमता जस्ता बीसयलाई महिला बिकासको प्रस्थान बिन्दु बनाउनु पर्छ ।

React on this Post

ट्रेन्डिङ