मैले देखेको र बुझेको चासोक उधौली २०७६ /येले तन्बे ५०७९

मैले देखेको र बुझेको चासोक उधौली २०७६ /येले तन्बे ५०७९  
मैले देखेको र बुझेको चासोक उधौली २०७६ /येले तन्बे ५०७९

सौल, मंसिर २९
चासोक तन्गनाम उधौली : बिशेश गरेर किरातजातिहरुले मनाउने पर्ब हो यो पर्बलाइ लिम्बुजातिले चासोक तङनामको नामले मनाउने गर्दछ । चासोक तङ्नामलाइ न्वागी पूजा पनि भनिन्छ । मङसिर महिनामा नयाँ अन्न बाली पाके पछि आफ्नो कुल देवातालाइ चढाउने वा पूजा गर्ने चलनलाइ नै चासोक तङ्नाम वा न्वागि पूजा भनिन्छ ।

यदि यो पूजा नगरि खेतबारिमा पाकेको नयाँ अन्न खाएमा घाटिमा गला गाढ आउने हात,मुख बाङ्गो टिङ्गो हुने घरमुलिलाइ सन्च नहुने जस्ता बिभिन्न समस्या देखा पर्ने बिश्वास छ । यो न्वागि पूजा पहिले प्रत्येक घरले आ~आफै गर्ने चलन थियो । यो निक्कै खर्चिलो पनि थियो ।
जहाँसम्म मलाइ थाहा भएको हाम्रै गाउघरको न्वागिलाइ म सम्झनु चाहान्छु :-मंसिर महिनामा धानबाली भित्र्याउनु आगाडि नै पूजा गर्नु पर्छ । यो पूजा फेदाङ्बा ( देवारी) बाट गरिन्छ ।

नयाँ धानको भात ,कोदोको जाड र कम्तीमा पनि सात, आठ वटा कुखुराको बलि चढाउनु पर्छ। यो पूजा सुरु भए पछि त्यहा बहिराबाट अन्य कुनै ब्याक्ति पूजामा आउन मिल्दैन यदी घरकै सदस्य भए पनि पूजा नसकी घरमा आउन मिल्दैन । यसकारण पूजा सुरु गर्नु अगाडि जुन घरमा पूजा गरिन्दै छ त्यो घर छिर्ने बाटोको दुबै छेउमा सेउला गाडेर राखिएको हुन्थ्यो यसको अर्थ त्यहा न्वागी पूजा हुँदैछ भन्ने बुझ्नु पर्दथ्यो। न्वागि सकिए पछि एउटा कुखुराको मासु सिङो वा आधा,एक दुइ माना चामल र एक बोतल रक्सी फेदाङबालाई पारिश्र्मिकस्वरुप दिनु पर्दथ्यो ।

यो समय फेदाङबाहरु निक्कै ब्यस्त हुने समय पनि हो । साथै यो पूजा निकै खर्चिलो हुने भएको कारण कति परिवारले भनेको समयमा कुखुरा लगायत अन्य सामाग्री जुटाउन नसकेको कारण न्वागि पूजालाई भाकल गरी बाटो खुलाएर अन्न खान सुरु गरिन्थ्यो र अलिकति धानलाई कुनै चोखो ठाउमा राखेर पछि आफ्नो समय अनुकुलमा यो पूजा गरिन्थ्यो । यहि न्वागि पूजालाइ अहिले बढ्दो शहरी बसाइ सराइ र देशबिदेशको बसाइले गर्दा यस पूजालाइ सामुहिक रुपमा गर्न थालिएको छ । हिजोआज लिम्बुजातिले यहि न्वागी पूजा चासोक तङ्नामलाइ आफ्नो मौलिक महान चाडकोरुपमा मनाउन थालेको छ ।

 

React on this Post

ट्रेन्डिङ