म र मेरी आमा

म र मेरी आमा  
म र मेरी आमा

सिसाखानी, ११ वैशाख

मातृदेवो भव ।
पितृदेवो भव ।।
आचार्यदेवो भव ।।।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’

उल्लेखित संस्कृत श्लोकहरुले आमा अर्थात मातृ महिमा बोकेका छन् । आज वैशाख कृष्णपक्षको औंसी, यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी । शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाट शुभ आशिर्वाद ग्रहण गर्ने चलन छ ।

आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यस घडिलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो । संसारको सबैभन्दा पवित्र नाता आमा, संसारको सबैभन्दा पवित्र सम्बोधन आमा । त्यसैले पनि आज म मेरी आमा र विगतलाई यसरी शब्दहरु मार्फत सम्झिदैछु १

आमा तिमीले जिन्दगीको लडाइँमा रफ्तार एक्लै लडेर आफ्ना कयौं सपनाहरू सहिद बनाएर भगवानको रुप नलिएको भए कास आज म तिम्री छोरी हुन लायक हुने थिइन् । आमा म तिम्रो संघर्षलाई कसरी शब्दमा बयान गर्न सक्छु र रु जीवन र जगतलाई नजिकबाट बुझेकी तिमी साच्चिकै एक महान आमा हौ ।

मैनबत्तिको रुपमा आफुलाई पगाल्दै हामीलाई उज्यालो दिएर आफू सकिदै जाँदा पनि हरेकपल सन्तानकै खुशिको लागि प्राथना गर्ने मेरी आमा तिमी भन्दा फराकिलो मन भएको अरु को नै हुनसक्छ र रु आफ्नो सन्तानको लागि हरेक क्षणमा आफुलाई जीउँदै जलाउदै भोक प्यास निद्रा केही नभनि चर्को घाम मुसलधारे पानीको वेग पनि नभनि सन्तानको पेट भराउनुपर्ने पिर त्यसै माथी पसिनाको धारा, अर्काको मेलापात, आमा मलाई बल्ल आज महसुस हुँदैछ कि तिमीलाई त्यति बेला कति गाह्रो हुन्थ्यो भन्ने कुरा ।

आमा तिमीले आफुलाई दिएको खाजा पटुकाको छेउमा बाँधेर मेरै लागि लिएर आउथ्यौ । आमा म त्यो पल कति खुशी हुन्थे आज पनि सहजै महसुस गर्न सक्छु । आमा कति बेला आउलिन र आमाले ल्याइदिएको खानेकुरा खान पाइन्छ भनेर तिम्रो बाटो ढुकेर बस्ने म, मलाई के थाहा रु त्यो खानेकुरा तिमीले आफ्नो पेट भोकै राखेर मेरो लागि ल्याएकी हौ भन्ने, म त तिमी कतै गएर पिढिमा आउँन नपाउदै तिम्रो पटुकिको छेउ र चोलिको खल्ती छाम्न पुग्थे । आमा जीवनको सुरुवातदेखि नै तिमीले गरेको दुःख र कष्ट हरेकपल हरेक क्षण मेरो मानसपटलमा घुमिरहन्छ तर अहिलेसम्म तिम्रो लागि केही गर्न सकेको छैन् ।

जीवनलाई राम्रोसँग बुझेकी तर जीवनमा खुशी के हो भन्ने कुरा अझैसम्म चाल नपाएकी मेरी आमा, म तिमीलाई कुन शब्दले बयान गरुँ रु शब्दकोषमा भएका हरेक शब्दहरु तिम्रो लागि कमि हुन्छन् । सन्तानले भरिएकी भाग्यमानि मेरी आमा वास्तविकतामा तिमी कति अभागी थियौँ । एक्लै–एक्लै छोराछोरी हुर्काउन, बढाउन र पढाउन कति मुस्किल प¥यो, मेरी प्यारी आमा त्यो दुःख तिमीलाई बाहेक कसलाई पो थाहा छ र रु मेरी आमा म बुझ्न सक्छु तिम्रो जवानी पीडामै बित्यो । दिन बित्यो रात बित्यो महिना बित्यो कयौं साल पनि बित्यो तर यो बुढेसकालमा पनि तिम्रो उहीँ हाल छ ।

२२ बर्षकै कलिलो उमेरमा आफ्नो जीवनमा सौता व्योहोरेकी मेरी आमा पतिको माया र साथ त्यति बेलै आधा पारेर बाडेकी थियौँ । आमा तिम्रा पनि कयौं सपना र रहरहरु हुँदो हो, त्यो तिम्रो इच्छा र चाहनालाई बाबाले अर्की आमा ल्याएपछि त्यति बेलै तिलान्जली दिएर सन्तानको खुशी खोज्नमा समर्पित भयौ । आमा हामीलाई कहिले गलत सिकाक्ष्नौ अरुको देखिने जस्तै हाम्रो पनि सौतेनी आमा र छोराछोरी हुन् भनेर कहिले आरोप लगाएनौ, हो भन्ने महसुससम्म पनि गराएनौ त्यसैले पनि आज दुवै आमा र दाजुभाइ दिदिबहिनी उस्तै लाग्छन् । आमा यो सब तिम्रो सहनशीलताको प्रतिफल हो । त्यसैले पनि आमा तिमी साँच्चिकै एक महान आमाको प्रतिमुर्ति हौ ।

आमा छोराछोरी साना हुँदासम्म लाग्थ्यो होला यिनिहरु ठुला भएपछि मेरो पनि सुःखको दिन आउनेछ । तर आमा जब छोराछोरी ठुला भए आ–आफ्नै बाटो लागे तिम्रो दुःख, तिम्रो संघर्ष जहाँको त्यहीँ रह्यो । जेठो सन्तानको रुपमा छोरा जन्माएकी मेरी आमाले सधै भन्थिन् त्यहीँ छोराको मुख हेरेर बसेको हुँ । तर छोराले आमाको मुख, आमाले छोराको मुख अनि हामीले दाजुको मुख कहिले हेर्न नपाउने भएको पनि आज बर्षौ भएछ । आमाले बुढेसकालको सहारा होला भनेर हुर्काएको छोरा आधा उमेरमै अस्ताएर आमाको दुःख जस्ताको तस्तै छोडेर भगवानको प्यारो बनेर जाँदा कुन आमाको मन टुक्रिदैन होला र रु

तर पनि मेरी आमा तिमी साँच्चिकै सहनशील एक सच्चा महान आमा हौ भगवानको अर्को रुप हौ । जीवनमा जति बज्रपात आए पनि हासेर सहिदिने तिमी अनि जति जीवन दुखे पनि नदुखे झै गरि हिड्ने मेरी आमा म तिम्रो अनुहारमा राम्रोसँग देख्न सक्छस, कि पीडा कति छ रु तर लाचार भएर हेर्नू सिवाय अरु केही गर्न सकिरहेको छैन । माफ गर आमा तिम्रो जीवनको यो उमेरसम्म आइपुग्दा पनि तिमीलाई अलिकति सुखको अनुभुति गराउन सकिन । आमा मलाई बाल्यकाल देखिको सबै कुरा याद छ व्यक्त गर्न सक्दिन ।

मलाई जे बनोस् भन्ने र बनाउन चाहन्थ्यौँ आमा, जिन्दगीले फरक मोड लियो, त्यो बन्न सकिन । तर पनि प्रत्येक पल तिमीलाई नै कल्पिरहेको हुन्छु । खिया लागेको बाकसमा भण्डार भएर बसेका तिम्रा रहर र चाहानाहरुलाई एक–एक गरी केलाईरहेको हुन्छु । तिमीमा खुशी ल्याउनको लागि बाटोहरु खोजिरहेको हुन्छु ।

आमा तिमीले मेरो लागि बगाएको रगत, पसिना, आँसु र खुवाएको दश धारा दुधको भारा म जस्तो एक लाचार छोरीले कसरी तिर्न सक्छु होला र रु आफ्नो जीवनलाई नुनिलो आँसुले धोएर सन्तानको खुशी खोज्ने मेरी आमा १ म तिम्रो खुशी कसरी फिर्ता लिन सक्छु होला र रु तर आमा म जहाँ भए पनि जहाँ गए पनि तिमी सधैं मेरो वरिपरि भएको महसुस हुन्छ । सबै कुरा फेरिए तर तिम्रो अवस्था कहिले फेरिन सकेन । जीवनमरणको दोसाँधबाट उम्केर आफ्ना सारा इच्छा, चाहना र भावनालाई कुल्चिएर सन्तानको सदासर्बदा भलो चाहने मेरी आमा ।

प्रसवको वेदनामा आफ्नो भन्दा पेटबाट बाहिरी संसारमा आउन चाहने आफ्नो सन्तानलाई ख्याल गर्ने मेरी आमा । सुत्केरी अवस्थामा जुवानोको झोल नपाएर दूध नआए पनि मातृ स्पर्शमा टाँसेर भुलाउन खोज्ने मेरी आमा । आफू काँडामा सुतेर पनि आफ्ना सन्तानलाई फुलमा सुताउन चाहने निस्वार्थ भाव, कोमल हृदय भएकी, गंगामा बगिरहने पानी जस्तै पवित्र मन भएकी मेरि आमा, आज माता तिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन आमा मलाई तिम्रो मुख हेर्नको लागि यो दिन कुरिरहनु पर्दैन किनकि तिमी सधैं मेरो भगवान हौ ।

तिमीलाई सम्झिनको लागि मलाई तिम्रो फोटो जरुर पर्दैन किनकी तिमी मेरो आँखाको नानी जस्तै छौ प्यारी अनि महत्वपूर्ण । तिम्रो अगाडि म लज्जास्पद छु १ आमा किनकि आजको एकदिन मात्र होईन हरेक दिन हरेक पल हरेक क्षण म तिमीलाई खुशी देख्न चाहन्छु । तर खुशी दिन सकिरहेको छैन । आमा जीवनमा आईपर्ने क देखि ज्ञ सम्मका सबै किसिमका उतारचढाव सिकायौ, संघर्ष गर्न सिकायौ, हाँस्न सिकायौ, बाँच्न सिकायौ । आमा जिन्दगीको डौडानमा कही कतै लडे पनि उठ्न जानेकी छु, त्यो मैले तिमीबाट सिकेकी हुँ । कयौंपटक तिमीलाई लडेर उठेको देखेकी छु । अनि त पीडा र आँशु लुकाउन जानेकी छु नि १

तपाईँ पनि आमाबाट पर हुनुहुन्छ भने एकपटक आमालाई फोन गरेर आवाज सुन्ने पो हो कि रु या आमाको याद अनि स्मरण गर्दै साथीभाईसँग आफ्नी आमाको वर्णन र स्नेहको वृत्तान्त सुनाएर आमाको याद ताजा गर्ने पो हो कि रु जे गर्नुहुन्छ, राम्रो काम गर्नुहोस्, जगतको भलो होस्, आमाको माया र वहाँले खुवाउनुभएका दुधका धर्साहरु प्रति हामी वफादार र ईमान्दार हुन जरुरी छ ।

आजभोली विभिन्न कारणले आमा बुवालाई वास्ता नगर्ने अनि वृद्धाश्रमलगायत आगन्तुक ठाँउमा लगेर राख्ने चलन वढ्दै गएको छ, जून मानवता प्रतिनै एउटा आक्षेप हो । समय त खोला न हो, आफूले गरेका कुराहरु आफैलाई फर्किने समय पनि आँउछ, वगेको समयमा आफ्नो दायित्ववाट विमुख हुनु मानव चरित्र पक्कै हैन है ।

लेखक घर्ती सु–आहारा परियोजना बागलुङकी फिल्ड सुपरभाइजर हुन् ।

React on this Post

ट्रेन्डिङ