पत्रकारीताको अनुभव, तिम्रो तलब कति छ ।

पत्रकारीताको अनुभव, तिम्रो तलब कति छ ।  
पत्रकारीताको अनुभव, तिम्रो तलब कति छ ।

मेरो घर गलकोट नगरपालिका १० पाण्डबखानी, गैराभाटी बागलुङ हो ।


पेसाले म पत्रकार भएता पनि विशेषगरी गाउघरमा बस्ने हुनाले कृषक भन्न रुचाउछु । मेरो परिवार धेरै भएता पनि गाउमा हामी ४ जनाको सदस्य छौ । त्यस मध्य बाबाको आफ्नै फर्निचर छ । मेरो ममी सुनपानीमा अवस्थित आमा समुहकी अध्यक्ष हुनुन्छ । भने मेरो श्रीमतीले खेतीकिसानी गर्छन् साथमा ममी र मैले पनि श्रीमतीलाई सहयोग गछौं । मैले पत्रकारीता गरेको पनि करिव ९÷१० वर्ष भइसक्यो । पत्रकारीताको सिलसिलामा सुरुमा निकै कष्ट र चुनौती थियो । भने अहिले झनै चुनौती थपिदै गहिरहेको महसुस गरेको छु । भनिन्छ, पत्रकार राष्ट्रको चौठो अंक हो । तर पत्रकार त केवल नामको लागि मात्र पत्रकार रहिछ ।

म सानो हुदा रेडियो सुन्ने गर्थे त्यो समयमा रेडियो नेपाल मात्र प्रसारण हुन्थ्यो । त्यहि रेडियो सुनिन्थ्यो त्यस्तै समय विŒौ गयो मेरो आफ्नै जिल्लका रेडियो सुनसकिन्ना थियो केवल मेरै छिमिकी जिल्लाका रेडियो सुन्न र केहि सन्देश र समाचार गुल्मीका रेडियोमा पठाउन पर्ने हुन्थ्यो म गाउमा रहेको पाण्डबखानी माध्यमिक विद्यालमा कक्षा ६ मा पढ्दा मैले समाचार पठाउन सुरु गरेको थिए । त्यसपछि मेरो समय वित्दै गयो । सामुदायिक रेडियो गलकोट एफ.एम, गलकोट पत्र साप्ताहिक, रेडियो रेसुङ्गा, रुरु, गुल्मी एफ.एम बागलुङ एफ.एम, इबाग्लुङ, जननी, म्याग्दी अनलाईन लगाएत मिडियामा रिपोर्टिङ गदै आइरहेको छु । र रिपोर्टिङ गदै जादा प्रायले सोध्ने गर्नुहुन्छ, तिम्रो तलब कति छ भनेर सोध्दा मेरो मन खिन्न भएर आउछ किन कि प्रथम त अहिले सम्म पत्रकारीताको डौदानमा मैले कुनै मिडिबाट परिश्रमको रकम पाएको छैना रकम नपाए पनि म खुसिनै छु । मेरो नाम संगै मेरो गाउठाउको नाम र गाउमा भएका जानकारी प्रसारण र प्रकासन हुदा म त्यहिमा खुसी हुन्छु । मलाइ पैसा भन्दा ठुलो नाम रहैछ भन्ने लाग्छ । साथमा इजत र सम्मान पाउदा आफले आफुलाई भाग्यमानी थान्दछु ।

लेखक ः सुरेश छन्त्याल दर्पण
गलकोट नगरपालिका १० पाण्डबखानी, बागलुङ

 

React on this Post

ट्रेन्डिङ