फोटो फिचर

पहिचान जोगाउँदै विद्यार्थी (फोटो फिचर)

खोटाङकी २७ वर्षिय प्रनिता राई बुधबार त्रिभुवन विश्व विद्यालय किर्तिपूरको चौरमा मस्त साकेला नाच्दै थिईन् । ‘पहिचान त जोगाउनु पर्यो नि’, किन साकेला नाँच्नु भएको भन्ने प्रश्नमा उनले हाँस्दै भनिन् । त्यसो त उनी मानवशास्त्रमा त्रिभुवन विश्वविद्यालयमा स्नाकोत्तोर अध्ययन गर्दै छिन् ।

पाठेघर परीक्षणमा लामबद्ध महिला

पाठेघर परीक्षणका लागि जानकी गाउँपालिकास्थित दुर्गौली स्वास्थ्य चौकीमा आयोजित शिविरमा लाइनबद्ध महिला । बुधबार शिविरमा तीन सय महिलाले सेवा लिएका छन् ।

समाचार लेखेको आरोपमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै धर्ना 

समाचार लेखेको आरोपमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै मङ्गलबार जिल्ला प्रशासन कार्यालय तनहुँमा धर्ना दिँदै तनहुँका पत्रकार ।

स्वागत गर्न बसेका ताचै गाउँका युवती   

मनाङ नासों गाउँपालिका –८ ताचै गाउँमा सन्चालन भएको होमस्टे घरवासमा नववर्ष मनाउन आउने पर्यटक स्वागतका लागि वेशभूषामा सजिएका युवतीहरु ।

मेलामा बिक्रीका लागि राखिएको खुकुरी   

बागलुङमा जारी चैत्राष्टमी मेलामा अवलोकन गर्न पुगेका युवा बिक्रीका लागि राखिएको २२ किलो तौलको खुकुरीसँग तस्वीर खिचाउँदै। खुकुरीको मूल्य रु. ९९ हजार ९९९ तोकिएको छ ।

नेपाल मगर संघ दक्षिण कोरियाको नवौ अधिबेशन सम्पन्न ( फोटो फिचर )

नेपाल मगर संघ गणतन्त्र कोरियाको नवौ अधिबेशन नेपाल मगर संघ ३७ औँ स्थापना दिवस अप्रिल ६ तारिखको दिन राजाधानी सौल दोङ्देमुनमा भव्यताका साथ सम्पन्न भएको थियो । 

     बिरामीलाई चेकजाँच   

बाजुराको बुढीगंगा नगरपालिका–३ ब्रह्मतोला स्वास्थ्य चौकी प्रमुख हरिलाल जैशी बिरामीलाई चेकजाँच गर्दै । स्वास्थ्य चौकी भवन जीर्ण बन्दै गएको छ ।

दक्षिण कोरियाको उत्तरपश्चिममा भीषण डढेलो लागेको ठाँउहरुको फोटो फिचर

बिहीबार राति सल्किएको डढेलोका कारण तटीय क्षेत्रका पाँचवटा शहर नराम्रोसँग प्रभावित भएको थियो । तीव्र हावाहुरीका कारण जङ्गलको डढेलोले करिब दुई सय ५० हेक्टर वन क्षेत्र ध्वस्त भएको छ भने एक सय २५ वटा घर क्षतिग्रस्त भएका छन् ।

ड्राइभिङ्ग पेशा छोडेर तरकारी खेतीमा

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ८ नयाँबस्ती बगरमा गरिएको तरकारी खेतीका लागि प्लास्टिक टनेला हाल्न संरचना बनाउँदै रमेश स्याङतान ।

जोखिमको यात्रा

कैलाली र बर्दिया जोड्ने टीकापुर नगरपालिका– ५ दौलतपुरस्थित कर्णाली नदीमा जोखिमपूर्ण स्टीम्बर (डुंगा) को यात्रा गर्दै नागरिक । कैलाली र बर्दियाबाट कर्णाली नदीमा दुङ्ंगाको भरमा दैनिक ५ हजारभन्दा बढी मानिस यही बाटोबाट आवतजावत गर्ने गर्दछन् ।

कलश यात्रा

श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा टीकापुरमा आयोजना भएको श्रीमद् भागवत सप्ताह महायज्ञका लागि निकालिएको कलश यात्रा ।

बाख्रा हस्तान्तरण गर्दै महिला पत्रकार

बाजुराका बडीमालिका नगरपालिका, खप्तड छेडेदह र गौमुल गाउँपालिकाका विपन्न, एकल महिला र असहायलाई बाख्रा हस्तान्तरण गर्दै महिला पत्रकार संगिता तिमिल्सेना । उक्त बाख्रा सहयोगी हातहरुको समूह (सहास) नेपाल बाजुराको आर्थिक सहयोगमा दस कृषक समूहका दस जनालाई हस्तान्तरण गरिएको हो । तस्वीरः प्रेम रौले, बाजुरा(मार्तडी)

दमौली बजार

ड्रोन क्यामराबाट खिचिएको तनहुँ सदरमुकाम दमौली बजारको दृश्य ।

उखुको बीउ तयारी गर्दै किसान

कञ्चनपुरको लालझाडी गाँउपालिकाको संकरपुरका किसान उखु रोप्नका लागि उखुको बीउ तयारी गर्दै ।

भाषा परीक्षा शुल्क बुझाउनेको भीड

दक्षिण कोरियामा रोजगारीका लागि कोरियन भाषा परीक्षा शुल्क बुझाउन शुक्रबार काठमाडौँको कीर्तिपुरस्थित ग्लोबल बैंकमा युवतीको भीड ।

सुकुम्बासी परिवारकी बालिका

कञ्चनपुरको वनहारा शिविरमा बस्दै आएका सुकुम्बासी परिवारकी बालिका झोपडीको ढोका बाट हेर्दै । विपन्नताका कारण शिविरका बालबालिका विद्यालय जान पाउँदैनन ।

केबुल कार

चितवनको इच्छाकामना गाउँपालिकाको चेरेशबाट बिहीबार गोर्खाको मनकामना मन्दिरतर्फ यात्रु बोकेर जाँदै गरेका केबुल कार ।

खानेपानीको समस्या

खानेपानीको समस्याका कारण जार र बोतलमा पानी बोकेर घरतर्फ जाँदै काठमाडौँ जडीबुटीका महिला ।

निर्माण हुँदै गरेको अन्तरराष्ट्रिय विमानस्थल

हवाईजहाजबाट देखिएको कास्कीको पोखरामा निर्माण हुँदै गरेको अन्तरराष्ट्रिय विमानस्थल ।

ट्रेन्डिङ