टुँडिखेलमा मनाए मगर समुदायले 'माघे सकराती'

टुँडिखेलमा मनाए मगर समुदायले 'माघे सकराती'  
टुँडिखेलमा मनाए मगर समुदायले 'माघे सकराती'
 काठमाडौँ, माघ १

काठमाडौं उपत्यका लगाएत आसपासका क्षेत्रमा बसोबास गर्ने मगर समुदायले टुँडिखेलमा माघे सकराती मनाएका छन् । 'प्रथम सहिद लखन थापा अमर रहुन, जतिय पहिचान र अधिकार सहितको सँघियता सुनिश्चित गर, माघे सक्रान्तीमा बिदा दिनु पर्छ' जस्ता बिभिन्न माग लेखिएका कार्ड तथा ब्यानर सहित आएका मगर समुदायको टुँडिखेलमा उल्लेख्य सहभागिता रहेको थियो ।

मगर समुदायले माघ १ गते परापुर्व कालदेखी मनाउदै आएको माघे सकराती पर्वलाई सरकारले २०६५ सालमा मगर समुदायको राष्ट्रिय पर्व घोषणा गरेको थियो ।

सकरातीको अवसरमा मगर समुदायले तोरण तार्ने, चेलीबेटीलाई पुज्ने, तरुल, खिचडी, बटुक खाने चलन रहेको छ ।

उपराष्ट्रपति नन्द किशोर पुन, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, रक्षा मन्त्री इश्वर पोख्रेल,  महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापामगर, खानेपानी मन्त्री बिना मगर लगायतको सहभागिता रहेको कार्यक्रममा मगर समुदायका बिभिन्न सास्कृतिक झलक प्रस्तुत गरिएको थियो ।

उपत्यकाको बिभिन्न स्थानबाट सास्कृतिक बाजागाजा र नाजगान सहित आएको र्‍यलिले सिँगारिएको टुँडिखेलको रौनक लोभ लाग्दो देखिएको थियो । 

हेरौ आजका केही झलक(तस्विर)

React on this Post

ट्रेन्डिङ