२०७६ जेठ ८
कुनैपनि अपराध गरेर प्रमाणित भएमा सजाय स्वरुप अभियुक्तलाइ कारागारमा थुनिन्छ । कैद सजाय भुक्तान नहुन्जेलसम्म अभियुक्तहरु उपचार बाहेक कुनैपनि अवस्थामा कारागारबाट बाहिर निक्लिन नपाउने नियम भएपनि धादिङ कारागारका कैदीबन्दीहरु सदरमुकामका होटलहरुमा मस्ती गरिरहेको हुन्छन् । कारागारभित्र कैदीबन्दीका नाइकेहरुको मनोमानी चलिरहेको छ, बोल्न र उजुर गर्न समेत बन्देज लगाइएपछि साधारण कैन्दीबन्दी चरम शोषणमा बस्न बाध्य भएका छन् !