रुकुम घटनाका दोषिलाई कारबाहीको माग गदै मिडियाकर्मी र छानविनकर्मी माथी प्रश्न ।

रुकुम घटनाका दोषिलाई कारबाहीको माग गदै मिडियाकर्मी र छानविनकर्मी माथी प्रश्न ।  
रुकुम घटनाका दोषिलाई कारबाहीको माग गदै मिडियाकर्मी र छानविनकर्मी माथी प्रश्न ।

गलकोट, २० जेठ


रुकुम घटनाका दोषिलाई कारबाहीको माग गदै गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको संयुŒाm दलित संजाल वडा समितिले पश्चिम रुकुमको घटनाको भत्सना गर्दै दलित भएकै कारण दलित समुदायका व्यक्ति २१ औ शताब्दिमा समेत विभिन्न घटनाहरुको सिकार बन्नुपरेको भन्दै पश्चिम रुकुमको अमानविय घटनाको भत्सना गर्दै घटनाको दोषिलाई कारबाहिको माग गरेका छन् ।

घटनाको भत्सना गर्दै पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं ९ सोती निवासी शुष्मा मल्ल सँगको अन्तरजातिय प्रेम सम्बन्धका कारण स्थानिय गाँउलेहरुको कुटाईबाट जेठ १० गते राती जाजरकोट भेरी नगरपालिका वडा नं ४ राना गाँउका नवराज बि।क, चौरजहारी वडा नं ६ का टिकाराम बि।क, र गणेश बुढा मगरको हत्या भएका एवम् भेरी नगरपालिकाका १८ वर्षिय सन्जु बि।क, १७ वर्षिय गोबिन्द शाहि र १८ वर्षिय लोकेन्द्र सुनारलाई वेपत्ता पारिएको घटनाले सिङ्गो दलित र मानव समुदायलाई आक्रोसित बनाएको छ । यो घटनाले हामी सबैलाई स्तब्ध एवम् मर्माहत बनाएको छ भने अर्को तर्फ यो घटनाले संविधान र लोकतन्त्रको उपहास गरेको छ ।

अन्तरजातिय विवाह एवं प्रेम सम्बन्ध राखेकै र दलित भएकै कारण विगतमा काभ्रेका अजित मिजार सप्तरीका शिव शंकर दास, झापाकि अस्मिता तुलुङ्गे सार्की, तनहुकी संगिता परियार , सिन्धुपालचोकको माया तिरुवा, म्याग्दीकि सविता नेपाली लगायतका दलित युवा युवतीहरुको श्रृअलाबद्ध रुप्मा हत्या भएको थियो । संयुŒाm दलित संजाल वडा समितिका अध्यक्ष लालबहादुर सुनारको अध्यक्षतामा बसेको भेलामा गलकोट नगरपालिका १० का वडा सदस्य धनबहादुर सुनार, रामप्रसाद वि.क, कमला वि.क, नविन भावुक, लालबहादुर वि.क लगाएतले आफ्–आफ्ना धाराणा व्यŒाm गरेका थिए । कृष्ण सुनारको स्वागत मन्तब्यबाट सुरुभको कार्यक्रमको संचालन पवित्रा दर्जीले गरेका थिए । भने कार्यक्रमा बोल्ने वŒााहरुले नेपालमा ६० लाख दलितको आवाज एउटै हुनुपर्ने भन्दै राष्ट्रियरुपमै यो घटनाको आवाज नउठेको गुनासो गरेका छन् । यो एतिहासिक खेल रहेको र घटना प्रति मिडियाकर्मी र छानविनकर्मी माथी प्रश्न गदै यस्तो घटना घट्टा पनि किन चुप लागि बसेका छन् किन हाम्रो समाचार लुगाईएको छ । भन्ने प्रश्न समेत गरेका थिए ।

React on this Post

ट्रेन्डिङ