विपद राहत कोषमा घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चद्वारा रु.२५ हजार हस्तान्तरण

विपद राहत कोषमा घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चद्वारा रु.२५ हजार हस्तान्तरण  
विपद राहत कोषमा घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चद्वारा रु.२५ हजार हस्तान्तरण

गलकोट,३ असार

गलकोट नगरपालिका १० पाण्डबखानी वडा कार्यालयमा वडा कार्यालय र घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च बिच भेला सम्पन्न भएको छ ।

वडा अध्यक्ष तिलक घर्तिको अध्यक्षतामा बसेको भेलाले आगामि दिनमा युवा तथा खेलकुद लगायतका बिषयहरुमा आपसी समन्वय गर्दै आगामि योजना तय गर्ने तथा कार्यनयन गर्ने, साथै खेलमैदानको आवश्यकता महसुस गरि आवश्यक प्रक्रियाका लागि घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चलाई जिम्मेवारी दिने निर्णय भएको छ । सोहि अवसरमा घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले पाण्डबखानीमा रहेको विपद राहत कोषमा रु.२५ हजार राहत कोषका संयोजक रामप्रसाद वि।क लाइ क्लबका अध्यक्ष प्रकाश पुनले हस्तान्तरण गर्नुभएको छ ।

React on this Post

ट्रेन्डिङ