पाण्डबखानी समाज यु.के मार्फत विपद व्यस्थापन समितिलाइ उपलब्ध संगै राहत हस्तान्तरण

पाण्डबखानी समाज यु.के मार्फत विपद व्यस्थापन समितिलाइ उपलब्ध संगै राहत हस्तान्तरण  
पाण्डबखानी समाज यु.के मार्फत विपद व्यस्थापन समितिलाइ उपलब्ध संगै राहत हस्तान्तरण

गलकोट, २२ असार

गलकोट नगरपालिका १० पाण्डबखानीमा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ ।

पाण्डबखानी समाज यु.के मार्फत विपद व्यस्थापन समिति पाण्डबखानीलाई उपलब्ध भएको खाद्यन्न सामाग्री टोलबस्तीबाट उपलब्ध विवरणको आधारमा राहत वितरण भएको हो । पहिलो र दोस्रो गरि रु. दुइ लाख ३८ हजार आठ सय ७५ रकम समाजले उपलब्ध गराएको त्यहि रकमबाट राहत वितरण भएको छ । कार्यक्रममा बोल्दै संविधान सभा सदस्य निरज पुनले समाजलाई धन्यवाद दिदै यस्तो बेला विदेशमा बस्नेहरुलाइ सहयोग माग्ने हैना बरु उहाहरुलाई आफ्नो ठाउमा सुरक्षित भएर बस्नुपर्छ भनेर कामना गर्नुपर्छ समाजका अध्यक्ष रिम काउचा लगायत पाण्डबखानी समाज युकेका सम्पुर्ण दिदिबहिनी,दाजुभाइलाइ धन्यवाद समेत दिनुभएको छ, त्यस्तै वडा अध्यक्ष तिलक घर्तिले समाज र वडाको सम्बन्ध निकै घनिस्ट रहेको र अझ यो राहतले हाम्रो सम्बन्ध प्रगाढ बनाएको छ भन्दै समाजमा हुने रहेक खालको विकास निर्माणमा पनि समाजको सधैंव साथ सहयोग र समर्थन हुने आसा राख्दै समाजलाई विशेष धन्यवाद दिनुभएको थियो । विपद व्यस्थापन समितिका संयोजक रामप्रसाद वि.क को अध्यक्षता र आसा श्रीसको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

React on this Post

ट्रेन्डिङ