गाउँ नगर

हर प्रहर,गाउँ र नगरी,टाेल टाेलमा नेपाल प्रहरी

हर प्रहर,गाउँ र नगरी,टाेल टाेलमा नेपाल प्रहरी भन्ने नाराका साथ बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानी नव ज्याेति प्राविमा समुदाय - प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ।

घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च बागलुङको अाम भेला सम्पन्न

घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चकाे ३३ अाैं वार्षिकोत्सब तथा२५६३ अाैं बुद्ध जयन्तीकाे अवसरमा क्लबका अध्यक्ष टेकबहादुर पुन प्रकाशकाे सभापतित्व र गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्तीकाे विशिष्ट अाथितियतामा विभिन्न शिर्षकमा निर्णय भएको छ।

वामी टक्सार गुल्मी रुद्रावती बहुमुखी क्याम्पसमा Good Friday , हाजिरिजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न ।

मु.न.पा.मा रहेको रुद्रावती बहुमुखी क्याम्पसमा आज Good Friday अर्थात् हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।  उक्त कार्यक्रममा क्याम्पसका प्रथम बर्ष , दोस्रो बर्षा र तेस्रो बर्षका बिध्यार्थीहरुले भाग लिएका थिए सो कार्यक्रममा BED र BBS गरि ६ ओटा समूह रहेका थिए।

बाग्लुङ गल्कोट नगरपालिकामा गण्डकी प्रदेश द्वारा योजाना रकम बिनियोजित कार्यक्रम सम्पन्न,

बाग्लुङ जिल्ला गल्कोट नगरपालिका वडा न. ११ रिघा स्थित आर्थिक बर्ष २०७५/५६ को प्रदेश सरकार , गण्डकी प्रदेश द्वारा योजना रकम बिनियोजित कार्यक्रम सम्पन्न भएको छ ।।

ब्लड क्यान्सर पिडित आठ वर्षीय बालिकाले सहयोग माग्दै भन्छिन – ‘म पनि बाच्न चाहन्छु !’ (शेयर गरौ)

ब्लड क्यान्सर पिडित नुवाकोटकि आठ वर्ष कि आशिमा तामाङ उपचार को क्रममा बिगत ९ महिना अगाडि देखि काठमाडौं बाल कान्ति अस्पताल को शैंया मा छट्पटिरहेकी छिन ।

म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङ स्थानीयको श्रमदानले बाटो खुल्यो

हिमपातका कारण डेढ महीनादेखि ठप्प रहेको गुर्जा जाने बाटो स्थानीयले हिउँ पन्छाएर खुलाएका छन् । 

बागलुङ अमरभूमिमा एक करोड ३१ लाखको लागतमा स्वास्थ्य चौकी भवन निर्माण

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ताराखोला गाउँपालिका–१ अमरभूमिमा निर्माण गरिएको स्वास्थ्य चौकीको भवन हस्तान्तरण गरेको छ । रु. एक करोड ३१ लाखको लागतमा निर्मित उक्त भवनको शनिबार गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभएको थियो । 

बडिगाड गाउँपालिकामा सामाजिक विकृति न्यूनिकरणको लागि प्रतिवद्धता

बडिगाड गाउँपालिकामा सामाजिक विकृति, विसंगती तथा कुरीति अन्त्यका लागि सामाजिक अभियान अन्तर्गत २८ वुँदे सामुहिक प्रतिवद्धता घोषणा गरिएको छ। बडिगाड गाउँकार्यपालिकाको आयोजनामा ग्वालीचौरमा जनप्रतिनिधि, राजनैतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख सहित स्थानियको संयुक्त भेलामा प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले सो २८ वुँदे प्रतिवद्धता घोषणा गर्नुभएको हो। 

जातीय भेदभाव गरेको आरोपमा पक्राउ

जातीय भेदभाव गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमाद नगरपालिका–३ माझकोटका चेतबहादुर मल्ल र गीता पौडेल रहेका छन् । 

सुन लुटपाट

कमलामाई नगरपालिका–६ स्टलबजारमा सुनचाँदीका गरगहना बनाउने कालिगढलाई बन्दुक देखाउँदै अज्ञात समूहले १२० तोला सुन लुटेको छ । सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अम्रेशचन्द्र वैदारले होलीका दिन दिउँसो सो घटना भएकामा चिन्ता व्यक्त गर्दै राज्यले व्यवसायीलाई सुरक्षाको प्रत्याभूति गर्न र लुटपाटमा संलग्न व्यक्तिलाई शीघ्र कारवाही गर्न माग गर्नुभयो । 

पाण्डबखानी जैलुङ्ग युवा क्लबकाे १९ अाैं वार्षिकोत्सब सम्पन्न

जैलुङ्ग युवा क्लब गलकाेट नगरपालिका १० पाण्डबखानी बागलुङको १९ अाैं वार्षिकोत्सब अाज उट्घाटन भएको छ।

बागलुङमा स्वास्थ्यचौकी, सामुदायिक भवन र आलु भण्डारण केन्द्र निर्माण

काठेखोला गाउँपालिका–३ मा धम्जा स्वास्थ्यचौकी, सामुदायिक भवन र आलु भण्डारण केन्द्र निर्माण शुरु गरिएको छ । गण्डकी प्रदेशका भौतिक विकास तथा पूर्वाधारमन्त्री रामशरण बस्नेतले निर्माण गरिने ती भवन शुभारम्भ गर्दै यसले धम्जाको आर्थिक, सामाजिक विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो । 

घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चकाे अध्यक्षमा प्रकाश पुन

पाण्डबखानी घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च गलकाेट नगरपालिका १० पाण्डबखानी बागलुङको ४ अाैं अधिवेशन अाज सम्पन्न भएको छ।

यिनलाई श्रीमानले छाडे तर भगवानले साथ छाडेनन्, भनिन्छ ‘रुपले रुवाउँछ, सीपले खुवाउँछ’

पले रुवाउँछ, सीपले खुवाउँछ’ यो उखान नौमूले बजारमा सिलाई कटाई पेशा गर्दै आएकी ३१ वर्षीया पबी गुरुङ्गको जीवनमा चरितार्थ भएको छ ।जवानी फक्रिँदै गरेको बेला १६ वर्षकी छँदा २०६० सालमा गाउँकै सन्तबहादुर लामिछानेसँग पबीकाे विवाह भयो ।

रेडियो सारथि १०७.४ मेगाहर्जले जन्मायो एउटा नव गायिका ,२७ स्वरलाई पछि पार्दै परियार season 1 बनिन बिजेता निशुल्क गित रेकर्डिङको तयारि

रेडियो सारथि १०७.४ मेगाहर्जले आयोजना गरेको सारथि लोक आइडलको रेजल्ट प्रकासन भएको छ । स्थानीय स्तरको कलाकारहरुको कला, गलालाई सम्मन अनि कदर गर्दै सुमधुर स्वर उत्थान्को लागि सन्चालित आइडलमा पहिलो चरणमा २७ जनाले प्रतिस्पर्धामा भागलिएका थिए ।

विप्लपको बन्द बडिगाड गा.पा.लगायत मु.न.नगरपालिकामा आम्शिक प्रभाव

पाटीमाथी सरकारले लगाएको प्रतिबन्दको बिरोधमा विप्लब नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव बडिगाड गाउपालिका,मुसिकोट नगरपालिका लागएत आन्य ठाउमा आंशिक परेको छ ।

रुद्रावती बहुमुखी क्याम्पसमा बिदाई कार्यक्रम सम्पन्न

मुसिकोट नगरपालिका वडा न. ७ मा संचालित रुद्रावती बहुमुखी क्याम्पसमा आज प्रथम,दोस्रो,तेस्रो बर्षका बिध्यार्थीहरुले एक कार्यक्रमका बिच चौथो बर्षका बिध्यार्थीहारुलाई बिदाई कार्यक्रम सम्पन्न गरेका छन ।

रेडियो सारथि 107.4 मेगाहर्ज बाट प्रसारण हुने सारथी लोक आइडल 2075 को प्रस्तुति अन्तिम चरनमा, उत्कृष्ट एक स्वर ले निसुल्क गित रेकर्डिङ को अबसर पाउदै

रेडियो सारथि 107.4 मेगाहर्जले आयोजना गरेको सारथि लोक आइडलको रेजल्ट अन्तिम चरणमा पुगेको छ । स्थानीय स्तरको कलाकारहरुको कला, गलालाई सम्मन अनि कदर गर्दै सुमधुर स्वर उत्थान्को लागि सन्चालित आइडलमा पहिलो चरणमा 27 जनाले प्रतिस्पर्धामा भागलिएका थिए ।

पाण्डबखानीलाइ पूर्ण सरसफाइ युक्त बनाउने अभियानमा पत्रकार छन्त्यालकाे घरमा पहिलोपटक हरियो स्तीकर तासियाे

पूर्ण सरसफाइ युक्त सरसफाइ गाउँ सहर अब हामीलाई छैना कुनै राेगकाे डर भन्ने नारा लेखिएको हरियाे स्टिकर तास्ने कार्य हिजाेदेखि सुरु भएको छ। अाज सम्म संञ्चालन हुने पूर्ण सरसफाइ अभिमुखिकरण तालिम सुरु भएको छ। गलकाेट नगरपालिका १० पाण्डबखानीलाइ पूर्ण सरसफाइ युक्त बनाउने अभियानमा गलकाेट वास संयाेजक दुर्गा छन्त्याल,दिलमाया धले,रामदेवि चनरा ,शुसिला पाण्डेले सहजीकरण गर्नु भएको थियाे।

अन्तराष्ट्रिय रोल्पाली सेवा समाज रोल्पाको प्रथम अधिवेश

अन्तराष्ट्रिय रोल्पाली सेवा समाज रोल्पाको प्रथम अधिवेशनको आज उद्घाटन गरिएको छ । समाजका अध्यक्ष सन्दिप थापाको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अतिथि पुर्व व्रिटिस आर्मी तथा समाज सेवी मान वहादुर वुढा रहनु भएको थियो ।

ट्रेन्डिङ