गाउँ नगर

नेपाली दिदिबहिनीहरुकाे अवस्था पनि टिलि श्रङ्कला ब्रेक फेलकाे गित झै भएको पुर्व सांसद पुनकाे भनाइ

लैङ्िगक समान्ताकाे लागि समाज साेच र व्यवहार समृद्धिकाे अाधार भन्ने नारा का साथ बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा महिला जागरण केन्द्रकाे अायाेजना र गलकाेट नगरपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियाेजनाकाे आंशिक सहयोगमा १०९ अाै अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न भएको छ।

टिपरको ठक्करले बालकको मृत्यु

भीमदत्त नगरपालिका–३ नौलाखेतमा आज टिपरले ठक्कर दिँदा १० वर्षीय बालकको मृत्यु भएको छ । 

त्रिभुवन मावि खर्वाङमा कक्षा ९ का विद्यार्थीले कक्षा १० का विद्यार्थीलाई विदाइ

त्रिभुवन नमुना माध्यमिक विद्यालय, बडिगाड गाउँपालिका २, खर्वाङमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई एक कार्यक्रमका विच विदाई गरेका छन्।

भल्कोट देखि बुटवल तथा काठमाडौ सिधा बस सेवा सुचारू

 जिल्लाको निसिखोला गाउँपालिका वडा नं ६ को भल्कोट देखि काठमाडौ तथा बुटवल जानका लागि सिधा रुपमा बस यात्राको सुविधा उपलब्ध हुने भएको छ ।

छतबाट खसेर पुजारीको मृत्यु

बेथानचोक गाउँपालिका–२ नयाँबस्तीस्थित मुक्तेश्वर महादेव मन्दिरका पुजारी ४२ वर्षीय हरिप्रसाद तिमल्सिनाको गाउँपालिका कार्यालयको छतबाट खसेर मृत्यु भएको छ । 

शहीद परिवारलाई सम्मान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यास नगर संयन्त्रले जनयुद्ध र जनआन्दोलनमा शहादत प्राप्त शहीदका परिवारलाई सम्मान गरेको छ । 

अनुरोध प्रगतिशिल युवा क्लव मुसिकोट नगरपालिका १ पौदीअरेवा गुल्मीको १९ औ बार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न

बार्षिकोत्सवको समापन समारोहमा बोल्दै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले खेलको विकास संगै सामाजिक विकास हुनुपर्नेमा जोड दिनुभएको छ।

ढोरपाटन नगर प्रमुख नेपालीद्धारा शितल क्लवलाई १ लाख ५ हजारको अक्षयकोष घोषणा, नगरपालिकाको तर्फवाट थप १ लाख सहयोग गर्ने

ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीले युवाहरुलाई समाज रुपान्तरणमा लाग्न आग्रह गर्नुभएको छ ।शितल क्लव बडिगाड गाउँपालिका वडा नं. २, राक्सेले चौथो वार्षिकोत्सव तथा शिवरात्रि मेलाको अवसरमा आयोजित खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रमको समापन समारोहमा वोल्दै सो कुरा वताउनु भएको हो।

बागलुङ गलकाेट नगरपालिका १० पाण्डबखानीमा नि.शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

पाण्डबखानी बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा १ दिने नि. शुल्क पशु स्वास्थ्य शिविर अाज सम्पन्न भएको छ।

 गल्कोटको हटिया बजारमा पार्किङ ब्यवस्थापनमा निकै कडाई, यात्रुलाई सहजता

गल्कोटको हटिया बजारमा पार्किङ ब्यवस्थापनमा निकै कडाई गरिएको छ । हटिया बजार भित्रका जीप पार्क, बैंक, क्याम्पस, बिद्यालय क्षेत्रमा जथाभाबी पार्किङ गरेर हतिय बजार अस्थाब्यस्थ थियो भने अहिले पार्किङ अब्यवस्थित बन्दै गएपछि ट्राफिक ब्यवस्थापन गर्न सुरु गरिएको हो ।

गुल्मीमा चौथो गुल्मी महोत्सव हुदै

 गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा चौथो गुल्मी महोत्सव गर्न लागिएको उद्योग वाणिज्य संघ गुल्मीले जानकारी दिएको छ ।

एकृकित विकास याेजना तर्जुमा सम्बन्धि एक दिने गाेष्ठी पाण्डबखानीमा सम्पन्न

बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा एकृकित विकास याेजना तर्जुमा सम्बन्धि एक दिने गाेष्ठी सम्पन्न भएको छ।

रामपुरमा दुई सय ७२ जनालाई अपाङ्गता परिचय पत्र वितरण

रामपुरमा सञ्चालन भएको अपाङ्गता परिचय पत्र वितरण शिविरमा दुई सय ७२ जनाले सेवा लिएका छन् ।  शिविरमा पहिले परिचय पत्र लिएकाहरुमध्ये एक सय ६८ जनाको अध्यावधिक, ३३ जनाको परिवर्तन र ७१ जनालाई नयाँ प्रमाण पत्र प्रदान गरिएको छ ।

चट्याङ लाग्दा बडीगाड –८ रणसिह किटेनीमा एक युवकको मृत्यु

बडीगाड गाउपालिका वडा नं –८ साविकको रणसिह किटेनी गाविस वडा नं. १ पुरानो गाउँमा हिजो चट्याङ लाग्दा एक युवकको ज्यान गएको छ भने एक जना सामान्य घाइते भएका छन् ।

यस पटकको हिउँमा स्थानीय देखि अन्तरिक पर्यटकलाई निक्कै रमाउने अवसर्, सेतो हिँउले ढाकियो घुम्टे

शुक्रबार बेलुका देखी परेको वर्षा र हिमपातले शनिवार बिहान घुम्टे, देबीधोका, पाण्डवखानी, रिघा, सिसाखानी, जलजला लगायतका देशको विभिन्न ठाउमा हिउँले ढपक्के ढाकेको मनोरम दृश्यले निक्कै लोभ्यायो ।

पिकअप जिप र मोटरसाइकल एक आपसमा ठोकिदा १ जना घाइते

गलकोट नगरपालिका वडा नं ४ को डाडाँखेतमा आज पिकअप जिप र मोटरसाइकल एक आपसमा ठोकिदा १ जना घाइते भएका छन् ।

मुसिकोटको वामीमैदानमा पिकअपजिप दुर्घटनामा २ जनाको ज्यान गयो

मुसिकोट नगरपालिका ८, वामीमैदान नजिकै ग १ ज ८३५७ नं. को पिकअप जिप दुर्घटनाहुँदा २ जनाको ज्यान गएको छ।  

पाण्डबखानी, सिसाखानी लगायतका ठाउहरुमा हिमपात, मौसम यस वर्षकै चिसाे

शनिबार हिजाे वेलुकिदेखी परेकाे अविरल वर्षा संगै गलकाेट नगरपालिका१०पाण्डबखानी लगाएत पाण्डबखानी अासवासमा यश वर्षकै चिसाे बढेको छ।

त्रिभुवन माविमा नतिजा प्रकाशन

त्रिभुवन नमुना माध्यमिक विद्यालय बडिगाड गाउँपालिका वडा नं. २, खर्वाङमा आज एक कार्यक्रमका विच अंग्रेजी माध्ययम तर्फको तेश्रो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।

सुत्केरी आमा र बच्चाको लागि घरमै पोषिलो खाना उपलप्ध

बडिगाड गाउँपालिका वडा न. ३ सिसाखानी बागलुङमा एक सुत्केरी आमा र बच्चाको स्वास्थ्यको लागि सुआहारा दोस्रो कार्यक्रम अन्तर्गत पोषिलो खानेकुरा तथा सरसफाईका सामग्री हस्तान्तरण गरिएको छ।

ट्रेन्डिङ