चीनमा अलपत्र ४४ नेपाली महिला स्वदेश फर्किँदै

चीनमा अलपत्र ४४ नेपाली महिला स्वदेश फर्किँदै  
चीनमा अलपत्र ४४ नेपाली महिला स्वदेश फर्किँदै

सिन्धुपाल्चोक, साउन १२
बेइजिङस्थित नेपाली दूतावासले चीनमा अलपत्र परेका ४४ जना नेपाली महिलालाई आज स्वदेश फर्काउँदै छ ।
दूतावासका अनुसार ग्वाङझौ खुन्मिङको बाटो हुँदै आइतबार ३ वटा फ्लाइटमार्फत् उनीहरुलाई काठमाडौं फर्काउन लागिएको हो । चीनको उत्तरपूर्वी ल्याओनिङ प्रान्तको तानतोङ अवस्थित तानतोङ गार्मेन्ट कारखानामा काम गर्न आएका ४४ जना नेपाली महिलाहरु अलपत्र परेका थिए ।
कम्पनीले काम र तलब नदिइएपछि उनीहरु अलपत्र परेको दूतावासको भनाई छ । पीडित महिला कामदारले पेशागत दक्षता नभएको भन्दै कम्पनीका मालिकले तलब नदिएको बताएका छन् ।
केही समयअघि ४४ जनालाई नै काठमाडौंको गौशालास्थित कम्पास रिक्रुटमेन्ट म्यानपावरले कपडा प्याकिङ गर्ने कम्पनीमा आकर्षक तलबसहित काम लगाइदिने भन्दै चीन पठाएको थियो । तर काम र तलब नभएपछि उनीहरुले दूतावासको शरणमा पुगेका थिए ।
दूतावासमा उजुरी गरेपछि म्यानपावर कम्पनीले नै उनीहरुका लागि नेपाल फर्किने हवाई टिकट उपलब्ध गराएको छ। दूतावासको पहलपछि म्यानपावरका प्रतिनिधि चीन पुगेका थिए ।
अलपत्र परेका महिलाहरु १९ देखि ३५ वर्ष उमेर समूहका रहेका र उनीहरु सिन्धुपाल्चोक, झापा, मोरङ, धरान, धनकुटा, सर्लाही र काठमाडौंका बासिन्दा हुन् ।

React on this Post

ट्रेन्डिङ