अमेरिका-तालिबान ऐतिहासिक वार्तासँगै रोकियो १८ वर्षे युद्ध

अमेरिका-तालिबान ऐतिहासिक वार्तासँगै रोकियो १८ वर्षे युद्ध  
अमेरिका-तालिबान ऐतिहासिक वार्तासँगै रोकियो १८ वर्षे युद्ध

काबुल : अन्ततः अमेरिका र तालिबानबीच शान्तिवार्ता भएको छ ।

कतारको दोहामा शनिबार दुबै पक्षले संयुक्त हस्ताक्षर गरेका हुन् । यससँगै अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता गरिनुका साथै १८ वर्षे युद्ध रोकिएको छ । अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि जाल्मे खाजिलजाद र तालिबान नेता मुल्लाह अब्दुल घानी बरादारले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सहमतिलाई ऐतिहासिक घटनाको रुपमा दुबै तर्फबाट अथ्र्याइएको छ । सम्झौता अनुसार अब १४ महिनाभित्र अमेरिकी सेना फिर्ता भइसक्ने छन् । शान्तिवार्ताको समारोहमा दोहामा शनिबार ५० देशका प्रतिनिधि सहभागी थिए ।

२००१ सेप्टेम्बर ११ का दिन अमेरिकाको ट्रेड टावर ध्वस्त पारेपछि जर्ज डब्लु बुस नेतृत्वको अमेरिकी सरकारले अफगानिस्तानमा हमला सुरु गरेको हो ।

React on this Post

ट्रेन्डिङ