भारतमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलदै, संक्रमितको संख्या २८ पुग्यो

भारतमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलदै, संक्रमितको संख्या २८ पुग्यो  
भारतमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलदै, संक्रमितको संख्या २८ पुग्यो

नयाँ दिल्ली, २१ फागुन 

कोरोना भाइरसको संक्रमण फैलने क्रम भारतमा पनि तीब्र बनेको छ ।

बुधबार अपरान्हसम्म भारतमा कोरोना भाइरस कोविड–१९ संक्रमित व्यक्तिको संख्या २८ पुगेको छ ।

संक्रमित मध्ये १६ जना इटालियन नागरिक रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

गत साता भारतको राजस्थान घुमेर फर्किएका एक इटालियन नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको र त्यसपछि क्वारेन्टाइनमा राखिएका बाँकी १५ जनामा बुधबार कोरोना भाइरसको संक्रमण देखिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

इटालीका पर्यटकहरुलाई घुमाउने बसका ड्राइभरलाई समेत कोरोना भाइरसको संक्रमण देखिएको बताइएको छ ।

यसैगरी आग्रामा एक व्यक्तिले आफ्ना परिवारका ६ जनामा कोरोना भाइरसको संक्रमण सारेको पुष्टि भएको छ ।

इटालीबाट आएका ती व्यक्तिले आफ्ना परिवारका ६ जनामा भाइरसको संक्रमण सारेको पनि उल्लेख गरिएको छ ।

React on this Post

ट्रेन्डिङ