Headlines

भाद्र ९ देखि १४ सम्म हुने नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्ला

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) द्वारा आउँदो भाद्र ९ देखि १४ गतेसम्म सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरूको प्रदर्शनीको १८औं संस्करणक “नाडा अटो शो २०२६” आयोजना गरिने भएको छ।

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ जेठ १८ देखि २६ गतेसम्मका लागि खुल्ला गरिएको छ।

नाडा अटो शोले नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित उद्योगहरूलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि तथा सेवाहरू प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्दै आएको छ। यस प्रदर्शनीमा हजारौं आगन्तुक, उद्योग व्यवसायी, लगानीकर्ता तथा सञ्चारकर्मीहरूको सहभागिता रहने संस्थाले अपेक्षा गरेको छ।

स्टल बुकिङ सम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया, शुल्क तथा अन्य आवश्यक विवरणहरू व्यवस्थापक कम्पनी Global Expositionबाट प्राप्त गर्न सकिने संस्थाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *